अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी),४ जेष्ठ । सप्तरीकाे कञ्चनरुप नगरपालिकामा दुइ दुःखद घटना सार्वजनिक एक युवा र एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

आइतबार सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सिँचाइ कार्यालय परिसरभित्र युवक मृत अवस्थामा फेला परेका छन्। तिरहुत गाउँपालिका–३, गोइठी निवासी २० वर्षीय कमलकान्त माहात्मा यादव सिँचाइ कार्यालयको प्रमुखको कार्यकक्षमा पङ्खामा नाइलनको डोरीको सहायताले झुण्डिएको अवस्थामा फेला परेका हाे।
कमलकान्तका बुबा सोही कार्यालयमा सुरक्षा गार्डको रूपमा कार्यरत छन् र उनीहरू कार्यालय परिसरमै बसोबास गर्दै आएका हाे। घटना भएको समयमा कार्यालय बन्द अवस्थामा रहेको र अन्य कोही व्यक्तिको उपस्थिति नभएको प्रहरी स्रोतले जनाएको हाे।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख माधव प्रसाद काफ्लेको नेतृत्वमा टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको थियो। हाल शवलाई पोष्टमार्टमका लागि पठाइएको छ।
यद्यपि आत्महत्या वा अन्य कुनै कारणका आधारमा घटना भएको भन्ने विषयमा पुष्टि हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
यसैगरी कञ्चनरुप नगरपालिका–३ स्थित तत्मा टोलमा भएको हो। शंकर दासकी १७ वर्षीया छोरी नन्दनी कुमारी दास आइतबार दिउँसो करिब ३ः३० बजे आफ्नै घरको माथिल्लो तलामा साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
साे प्रहरीका अनुसार घटना बेलामा घरमा अन्य कोही पनि नभएको बताइएको छ। जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी प्रमुखकाे नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो।
साे शवलाई पोष्टमार्टमका लागि तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। दुवै घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।