img

ढल्केबरमा सात दिने निःशुल्क अभिनय कार्यशालाको भव्य उद्घाटन


अपूर्व न्यूज समाचारदाता ।
ढल्केबर,२४ बैशाख । धनुषाको ढल्केबरमा सरिता फाउण्डेशन र अप्पन मिडिया प्रा.लि.को संयुक्त आयोजनामा तथा ‘अभिनयशाला’को प्रस्तुतीमा आयोजित ७ दिने निःशुल्क अभिनय कार्याशाला बुधबार एक भव्य समारोहबीच उद्घाटन गरिएको हाे ।

ढल्केबरमा ७ दिने निःशुल्क अभिनय कार्यशालाको भव्य उद्घाटनमा कलाकारहरु ।
ढल्केबरमा ७ दिने निःशुल्क अभिनय कार्यशालाको भव्य उद्घाटनमा कलाकारहरु ।

साे कार्यशालाको उद्घाटन कार्यक्रममा समाजसेवी, कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेका छन ।
साे कार्याशालामा प्रशिक्षक तथा सहजकर्ताको रूपमा सरिता साह र अनिल कुर्मीले कार्यशाला संचालन गरिरहनुभएको छ भने कार्यक्रम संयोजनको जिम्मेवारी फुलगेन मगहीले निर्वाह गरिरहनुभएको छ।

सरिता फाउण्डेशनका सञ्चालक तथा कलाकार
सरिता साह

कार्यशालामा सहभागीहरूलाई अभिनय सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिनेछ, जसले भविष्यका सम्भावित कलाकारहरूलाई मार्गदर्शन र प्रेरणा दिने विश्वास लिइएको छ।
साे कोमल होटलप्रति विशेष आभार प्रकट गरिएको छ, जसले कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण साथ प्रदान गरेको छ।
त्यस्तै कृष्ण कुमार महतोलाई पनि विशेष धन्यवाद व्यक्त गरिएको छ।
कार्यक्रमका स्मरणीय झलकहरू कमलेश सिंहद्वारा OLD VIBE Studio मार्फत फोटो तथा भिडियोमा कैद गरिएको हाे ।


प्रतिक्रिया दिनुहोस् ।