img

सुरुङ्गामा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु, पहिचान खुलेन


दिपेन्द्र पासवान ।
कुशाहा(सप्तरी) १९ बैशाख । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–५ कुशाहा नजिकै पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको हाे।

दुर्घटनाग्रस्त माेटरसाइकल
दुर्घटनाग्रस्त माेटरसाइकल

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राति  १ बजे तिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६७ प ९५७३ नम्बरको मोटरसाइकलले सडकको छेउमा रोकी राखिएको प्र २–०१–००१ क ००४५ नम्बरको टिपरलाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४० वर्षका पुरुष गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल लहान, सिराहा लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हालसम्म मृतकको नाम, थर तथा ठेगाना खुल्न नसकेको हुँदा सुरक्षाकर्मीहरूले उनको पहिचान खुलाउन सर्वसाधारणको सहयोग आग्रह गरेका छन्।
साे दुर्घटनाम मृतकको पहिचानबारे जानकारी भएमा नजिकैको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय कडरबोनामा (मोबाइल नं. ९८५२८९०५०७) सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको हाे।


प्रतिक्रिया दिनुहोस् ।