img

पूर्वमुख्यमन्त्री लालबाबु राउतसहित ६ जना सामाजिक व्यक्तित्वलाई सम्मान

राष्ट्रिय दलित पत्रकार संघ, नेपालले दलित समुदायका अधिकार, शिक्षा, स्वास्थ्य र न्यायका लागि लामो समयदेखि समर्पित ६ जना व्यक्तित्वलाई विशेष सम्मान प्रदान गर्दै ।

जनकपुरधाम, १ बैशाख । दलित समुदायका अधिकार, शिक्षा, स्वास्थ्य र न्यायका लागि लामो समयदेखि समर्पित ६ जना व्यक्तित्वलाई राष्ट्रिय दलित पत्रकार संघ, नेपाल ले विशेष सम्मान गरेको हो ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलबाट पत्रकार तथा सामाजिक अभियन्ता भोला पासवान सम्मानित हुदैं ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलबाट पत्रकार तथा सामाजिक अभियन्ता भोला पासवान सम्मानित हुदैं ।

शनिबार जनकपुरधाममा सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम मधेश प्रदेश अधिवेशनको अवसरमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सम्मान–पत्र तथा धन्यवाद–पत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरेका हुन ्।

सम्मानित हुने व्यक्तित्वहरूमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभा सदस्य रामअशिष यादव, पत्रकार तथा सामाजिक अभियन्ता भोला पासवान, डा. बृजमोहन रजक, जयनाथ मण्डल र पत्रकार कुलदीप दास प्रेम रहेका छन्।

सो अधिवेशनमा सम्मानित व्यक्तित्वहरूमा माननीय मो. लालबाबु राउतलाइ मधेश प्रदेशको प्रथम मुख्यमन्त्रीका रूपमा नेपालको संविधानको धारा २४ अन्तर्गत छुवाछुत तथा भेदभावविरुद्धको मौलिक हकको संरक्षण गर्न र ‘दलित सशक्तिकरण ऐन, २०७६’ जारी गर्न नेतृत्वदायी भूमिका खेलेको योगदानका लागि सम्मान,माननीय रामअशिष यादवलाइ दलित समुदायका बालबालिकाका लागि निःशुल्क ट्युसन केन्द्र सञ्चालन गरी शिक्षा क्षेत्रमा प्रेरणादायी योगदान दिएकोमा उच्च मूल्याङ्कनसहित सम्मान,भोला पासवानलाइ दलित सशक्तिकरण ऐन जारी गर्न तथा कार्यान्वयनका लागि नेतृत्वदायी भूमिका, जनचेतनाका तालिम–गोष्ठी सञ्चालन, विपद् राहत वितरण र पत्रकारितामार्फत न्यायका लागि पैरवी गर्दै आएको योगदानको कदर गर्दै सम्मान,डा. वृजमोहन रजकलाइ अधिवेशनमा सक्रिय सहयोग तथा चिकित्सकीय सेवामा दलित समुदायलाई निरन्तर सहुलियत दिँदै आएको योगदानको कदर गर्दै सम्मान,जयनाथ मण्डललाइ वैष्णवी बचत तथा ऋण सहकारी संस्था मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा अधिवेशनमा सहयोग पु¥याएको योगदानका लागि धन्यवाद–पत्र र कुलदीप दास प्रेमलाइ अधिवेशन सफल बनाउन अहोरात्र समर्पणपूर्वक खटिएको योगदानको कदर गर्दै धन्यवाद–पत्र प्रदान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780