img

सप्तरीको डाक्नेश्वरीमा भीषण आगलागी, लाखौंको क्षति


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर, २५ फागुन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुर टोलमा भीषण आगलागी हुँदा लाखौंको क्षति भएको हो।
शनिबार राति करिब ८ ः १५ बजे वडा अध्यक्ष सत्यध्वज मण्डलको फुसको छानो भएको घरमा अचानक आगलागी भएको हो।
स्थानीयवासी र प्रहरीको सहयोगमा राति ८ ः ४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो । आगलागीबाट मण्डलको सुत्ने घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्रारम्भिक अनुमानअनुसार करिब ८ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो।

घटनामा कुनै मानवीय क्षति नभए पनि चौपायामा ठूलो क्षति पुगेको छ। आगलागीका कारण १ भैंसी, १ पाडी, ७ बाख्रा र २ खसी जलेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)सुरेन्द्र नेपालीले जानकारी हो ।


प्रतिक्रिया दिनुहोस् ।