img

अरूकाे नागरिकतामा खाता खोली ठगी गर्ने दुई युवक पक्राउ

शुक्रबार जिल्ला प्रहरी कार्यालय राजविराज,सप्तरीले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका अभियुक्तहरूलाई सार्वजनिक गर्दैं ।

अपूर्व न्यूज समाचारदाता ।
राजविराज, २१ फागुन । अरूकाे नागरिकतामा आफ्नो फोटो टाँसी बैंक खाता खोलेर ठगी गरेको आरोपमा दुई युवक पक्राउ परेको हो।
पक्राउ पर्नेहरूमा सप्तरीको राजविराज–५ निवासी २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुण कुमार यादव रहेका छन्। सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार, उनीहरूले असार २०८० मा हराएको एक व्यक्तिको नागरिकता दुरुपयोग गर्दै नक्कली पहिचान बनाएका थिए। अभिषेक यादवले अरुण कुमार यादवको फोटो टाँसी उक्त नागरिकताको प्रयोग गरी विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोलेका थिए।

बैंक खाता खोलेपछि उनीहरूले विभिन्न व्यक्तिहरूलाई ठगी गर्दै लाखौं रकम हिनामिना गरेको खुलेको छ।

पीडितहरूबाट उजुरी परेपछि सप्तरी प्रहरीले अनुसन्धान अघि बढाउँदै दुबैजनालाई पक्राउ गरेको हो।
शुक्रबार जिल्ला प्रहरी कार्यालय राजविराज,सप्तरीले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका अभियुक्तहरूलाई सार्वजनिक गरिने प्रहरीको भनाइ छ। अदालतबाट आवश्यक म्याद थप गराई घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई यस्ता ठगीजन्य घटनाबाट सतर्क रहन आग्रह गर्दै आफ्नो व्यक्तिगत कागजात सुरक्षित राख्न अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस् ।