img

आज पाँच अध्यादेशमाथि छलफल, स्वीकृतिका लागि पेस हुने

प्रतिनिधिसभा

अपूर्व न्यूज समाचारदाता ।
काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल गरिने तथा तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ ।

राष्ट्रियसभा
राष्ट्रियसभा

सो राष्ट्रियसभाबाट प्राप्त कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पनि टेबुल गरिने कार्यसूची रहेको छ।

सो पेश गरिने प्रमुख अध्यादेशहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा ्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निम्न अध्यादेशहरू पेस गर्नुहुनेछ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१,आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१,निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
राष्ट्रियसभाबाट प्राप्त विधेयक टेबुल गरिने
बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ सन्देशसहित टेबुल गरिनेछ । उक्त प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस् ।