img

प्रकोप पूर्वतयारी सञ्जाल नेपाल मधेश प्रदेश समितिकाे प्रथम अधिवेशन सुरु


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी) २९ माघ । सप्तरीको कञ्चनरुप नगरपालिकामा प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (DPNet) मधेश प्रदेश समिति को प्रथम अधिवेशन सुरु भएको छ।

प्रकोप पूर्वतयारी सञ्जाल नेपाल मधेश प्रदेश समितिकाे प्रथम अधिवेशनलाई प्रमुख अतिथि,विशिष्ट अतिथिहरुले बिरुवा पानी हालेर उद्वघाटन गर्दै ।

शुक्रबार होटल मिथिला एण्ड पार्टी प्यालेसमा आयोजित उद्घाटन कार्यक्रममा प्रकोप पूर्वतयारी सञ्जाल नेपालका केन्द्रीय उपमहासचिव एवं प्रमुख अतिथि हर्षमान महर्जनले मधेश प्रदेश समितिलाई अधिकार सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

उपमहासचिव एवं प्रमुख अतिथि महर्जनले भने, केन्द्रीय नियमावली संशोधनपछि मधेश प्रदेश समितिलाई कार्यालय सञ्चालन र बैंक खाता सञ्चालन गर्ने अधिकार दिइनेछ। उनले भने, ूसंस्थाको सञ्चालन प्रक्रिया अघि बढिसकेको छ। विभिन्न कारणले समयमा अधिवेशन हुन सकेको थिएन, तर अब फागुन मसान्तसम्म सबै प्रदेशमा अधिवेशन गरिनेछ।

प्रकोप पूर्वतयारी सञ्जाल नेपाल मधेश प्रदेश समिति को प्रथम अधिवेशनमा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती ।

साे अधिवेशनका अध्यक्ष एवं मधेश प्रदेश समितिका संयोजक नागदेव यादवले नयाँ नेतृत्व चयनका लागि यो अधिवेशन महत्वपूर्ण हुने बताए।अधिवेशनमा आसमान नेपालका कार्यक्रम व्यवस्थापक विजय यादव,उन्नत नेपालका तथा प्रकोक पूर्वतयारी सञ्जाल मधेश प्रदेश समितिका कोषध्यक्ष नागेन्द्र साह,नेपाल रेडक्रस सोसाईटी सप्तरी सदस्य रिमु चौधरी र कोशी पिडित समाज सप्तरी तथा  जिल्ला सदस्य सुकदेव चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए। प्रकोप पूर्वतयारी सञ्जाल नेपाल मधेश प्रदेशका देवविलाश यादवले अधिवेशनको कार्यक्रम सञ्चालन गरिएको हो ।
साे अधिवेशन २०८१ माघ २८ र २९ गते दुई दिनसम्म चल्ने यस अधिवेशनमा AEIN Luxembourg, रोयम नेपाल (ROYM Nepal), तथा Aide à Enfance de l’Inde et du Népal को सहकार्य एवम् सहयोग रहेको छ।
यस अधिवेशनले मधेश प्रदेशमा प्रकोप पूर्वतयारी र व्यवस्थापनको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ। मधेश प्रदेशका प्रकाेपमा कार्य गर्ने सक्रिय सय भन्दा बढी संघ संस्थाहरुकाे सहभागीता रहेकाे थियौं ।


प्रतिक्रिया दिनुहोस् ।