अपूर्व न्यूज समाचारदाता ।
काठमाडौं, ११ माघ । नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा कार्यरत २३ जना निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको हो ।

बुधबार जारी निर्णयअनुसार सप्तरीको कञ्चनरुप नगरपालिकाका अधिकृत नवराज खड्का (प्रशासन सेवा, अधिकृत सातौं) सहित देशभरका १० वटा नगरपालिका र १३ वटा गाउँपालिकामा कार्यरत प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द गरिएको हो ।
मन्त्रालयका अनुसार, यस निर्णयले स्थानीय तहमा प्राविधिक र प्रशासनिक जिम्मेवारीलाई थप व्यवस्थित बनाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। स्थानीय सरकारहरूको कार्यसम्पादनमा सुधार ल्याउन र जनतासँगको सेवा सम्प्रेषणलाई प्रभावकारी बनाउने उद्देश्यले जिम्मेवारी पुनः संरचना गरिएको बताइएको छ।
सो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयले स्थानीय तहमा आर्थिक र प्रशासनिक पारदर्शितालाई बढावा दिने अपेक्षा गरिएको हो । साथै, प्रमुख प्रशासकीय अधिकृतहरूको भूमिकालाई अझ व्यवस्थित र जिम्मेवार बनाउँदै सेवाको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयको निर्णयसँगै सम्बन्धित स्थानीय तहहरूमा सेवा प्रवाहको नयाँ मोडालिटी र व्यवस्थापन प्रणाली लागू गर्ने प्रक्रियालाई तिव्रता दिने तयारी भइरहेको मन्त्रालयका अधिकारीहरूले जनाएका हो ्।