कलैया(बारा),११ माघ । बाराको कलैया उपमहानगरपालिकाका छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धार कलैया उपमहानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष शिवचन्द्र कामीको संयोजकत्वमा ९ सदस्यीय स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन भएको हो ।
बुधबार कलैया उपमहानगरपालिकाका सभाहलमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले नेपालमा कार्यन्वयन गरेको र कलैया उपमहानगरपालिकाको समन्वयमा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनमा युएसआईडी नागरिक समाज र सञ्चार परियोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप” उक्त जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गरिएकोे हो ।
सो समितिमा सदस्यहरुमा कलैया उपमहानगरपालिकाकाबाट मनोनित दलित अधिकारकर्मी ललन रामर कान्ती देवी राम,राजनैतिक दलबाट माओवादीबाट नाथु राम ,एमालेबाट शर्मा बैठा ,काँग्रेसबाट दिनेश पासवान,जसपा नेपालबाट रामनन्द बैंठा र कलैया उपमहानगरपालिकाका सामाजिक शाखाका शाखा अधिकृत तपसी चौरसिया रहेका छन ।
उक्त नव गठित समितिलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले,भने दलित समुदायको समग्र उत्थान र विकासका लागि कलैया उपमहानगरपालिका तथा आफ्नो व्यक्तिगत पहलमार्फत अग्रसर भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अबसरमा छुवाछूत अनुगमन समिति गठन कार्यक्रमममा सहभागिहरुले दलित समुदायको विकास तथा उत्थानका लागि जातीय विभेद तथा छुवाछूत अनुगमन समितिलाई प्रभावकारी तबरले अगाडी बढाउने,सहयोग एवम् समग्र कार्यान्व्यनको बिषयमा सहकार्य गरेर अगाडी बढने बताए ।
उक्त छुवाछूत अनुगमन समिति गठन कार्यक्रमको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहको अध्यक्षाता र परियोजनाकी कार्यक्रम अधिकृत अनुराधा दाहालले परियोजनाको उदेश्य, समग्र परियोजनाको गतिविधि बारेमा सहजिकरण गरिएको हो ।