img

धनगढीमाई नगरपालिकामा दलित समुदायको विकासका लागि सहकार्यको प्रतिबद्धता ः नगरप्रमुख महतो

धनगढीमाई नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच” विषयक अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख,उपप्रमुख,वडा अध्यक्ष तथा धनगढीमाई नगरपालिकाका स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति पदाधिकारीहरुको उपस्थिती ।

अपूर्व न्यूज समाचारदाता ।
धनगढीमाई(सिरहा), २६ पुष ।
धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशंकर महतोले,भने–दलित समुदायको सशक्तीकरण र विकासका लागि विशेष योजना ल्याउने प्रतिवद्धता जनाएको हो ।

सिरहाको धनगढीमाई नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच” विषयक अन्तरक्रिया कार्यक्रमको दृश्य ।
सिरहाको धनगढीमाई नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच” विषयक अन्तरक्रिया कार्यक्रमको दृश्य ।

श्ुक्रबार धनगढीमाई नगरपालिकाको सभाहलमा स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति धनगढीमाई नगरपालिकाको सहकार्य तथा दलित सरोकार मञ्च नेपाल सप्तरीद्धारा आयोजित “धनगढीमाई नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच” विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख महतोले,भने दलित समुदायलाई लक्षित गरी विभिन्न योजनाहरू अघि सार्ने र आगामी बजेटमा थप प्राथमिकता दिने बताउनुभयो ।

उहाँले हालसम्म मुसहर समुदायलाई करार खेती आयोजना, किसानलाई मोटर वितरण, र चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि जनसंख्याको अनुपातमा बजेट विनियोजन गर्न नसकेको स्वीकार गर्नुभयो। साथै, शिक्षा, स्वास्थ्य, र जीविकोपार्जनमा थप लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
नगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले बालविवाहमुक्त नगर घोषणाको लागि दलित समुदायका छोरीहरूलाई २० वर्षपछि विवाह गर्दा आर्थिक प्रोत्साहन दिने कार्यक्रम ल्याएको बताइन्। उनले दलित लक्षित बजेट न्यून हुनुको कारण समुदायका नेताहरूको बजेट निर्माण प्रक्रियामा कम सक्रियता रहेको उल्लेख गरिन्।
कार्यपालिका सदस्य सतीलाल सदाले बजेट निर्माण प्रक्रियामा दलित समुदायको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए। वडाध्यक्षहरू सूर्यनारायण यादव, हमिद मियाँ, ओमप्रकाश यादव, र सूर्यमान तामाङले आगामी दिनमा दलित समुदायलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए।

कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानको अध्यक्षतामा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

संयोजक मनिष कोइराला र सुशिन्द्र पासवानले दलित समुदायको बजेट, नीति, र कार्यक्रममा पहुँचको विश्लेषण प्रस्तुत गरे ।
प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७९/८० मा ८२ करोड २५ लाख ३९ हजार रुपियाँ बजेटमा दलितका लागि ७ लाख मात्र विनियोजन गरिएको थियो, जुन ०.०८ प्रतिशत हो। आर्थिक वर्ष २०८०/८१ मा यो रकम बढेर ४७ लाख पुगेको छ, जसले मुसहर समुदायको आवास निर्माण, चेतनामूलक तालिम, र सिपमूलक कार्यक्रममा ध्यान केन्द्रित गरेको छ।
स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति धनगढीमाईका संयोजक टिकाराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, अनुगमन समितिका सदस्यहरू, र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780