img

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी


काठमाडौँ, १४ पुस । सहकारी क्षेत्रमा सुधारको उद्देश्यसहित राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।
शुक्रबार नेपाल सरकारको सिफारिसमा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरिएको हो ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार अध्यादेश जारी भएको जानकारी दिएको छ।

संसद्को अधिवेशन नभएको अवस्थामा सहकारी क्षेत्रमा देखा परेका समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएको हो ।

यो अध्यादेशले सहकारी संस्थाहरूमा देखिएको अनियमितता, पारदर्शिताको अभाव, र अन्य व्यवस्थापकीय समस्यालाई समाधान गर्न मद्दत गर्ने अपेक्षा गरिएको हो । सरकारले सहकारी क्षेत्रमा सुधार ल्याउन र सेवा सहज बनाउने उद्देश्यले यो कदम चालेको बताइएको हो ।

 


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780