img

प्रमुख दलको सहमतिमा संविधान संशोधन प्रक्रिया अघि बढ्ने : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

कास्की, १३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन प्रमुख राजनीतिक दलको सहमतिमा हुने बताउनुभएको छ।

माछापुच्छ«े गाउँपालिका–१ टुसेमा नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले संविधान संशोधनका लागि समीक्षा प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले संविधान संशोधनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रक्रियागत काम सुरू गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “प्रतिनिधिसभा र राष्ट्रियसभामा विचाराधीन विधेयकहरु छिट्टै टुंग्याउन र रोकिएका विधेयकलाई मापदण्डसहित अघि बढाउन सरकार प्रतिबद्ध छ।”

मन्त्री गुरुङले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन निर्माण प्रक्रियालाई तीव्र बनाउने सरकारको लक्ष्य रहेको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना सकारात्मक प्रयास भएको भन्दै केन्द्र सञ्चालनका लागि सरकारको तर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा स्वीट्जरल्याण्डका संस्था ‘एहमान स्टिफटङ’को पाँच करोड रुपैयाँ सहयोगमा निर्माण गरिएको दिवा सेवा केन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ। भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको सम्झनामा चार रोपनी जग्गा प्रदान गर्नुभएको थियो।

ज्येष्ठ नागरिकको हक र अधिकार संरक्षणका लागि सरकार निरन्तर क्रियाशील रहने मन्त्री गुरुङको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780