img

मधेशी आयोगद्वारा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग


अपूर्व न्यूज समाचारदाता ।
काठमाडौँ, ७ पुष । मधेशी आयोगले नेपाल प्रिमियर लिग(एनपीएल)को अन्तिम खेलपछि जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गर्दै दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको छ ।

मधेशी आयोगले आज जारी गरेको प्रेस विज्ञप्ति
मधेशी आयोगले आज जारी गरेको प्रेस विज्ञप्ति

शनिबार कीर्तिपुरस्थित खेलमैदानमा सम्पन्न खेलपश्चात जनकपुर बोल्ट्सका समर्थकमाथि भएको घटनाप्रति आयोगले निन्दा गर्दै यसलाई सामाजिक सद्भाव खलल पु¥याउने कृत्यको रूपमा व्याख्या गरेको छ। आयोगले प्रहरी प्रशासनलाई घटना संलग्नको पहिचान गरी यथाशीघ्र न्याय सुनिश्चित गर्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आज जारी गरेको विज्ञप्तिमा यस्तो घटनाप्रति राज्य र प्रशासनले चासो नदेखाए सामाजिक सदभावमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

आयोगले हिंसात्मक गतिविधिहरूले केवल खेलकुदको वातावरणलाई मात्र नभई समग्र समाजको शान्ति र स्थायित्वलाई समेत खतरामा पार्न सक्ने भन्दै सबैलाई संयम रहन आग्रह गरेको छ ।
आयोगले घटनाको छानबिनका लागि सदस्य जीवछ साहको नेतृत्वमा एक टोली खटाउने निर्णय गरेको छ। टोलीले स्थलगत अध्ययन गरेर घाइते समर्थकहरूसँग प्रत्यक्ष संवाद गर्दै घटनाको पूर्ण विवरण संकलन गर्नेछ। रिपोर्टका आधारमा आयोगले थप कदम चाल्ने बताइएको छ ।
यसैबीच,आयोगले खेल क्षेत्रलाई सुरक्षित र सौहार्दपूर्ण बनाउन राज्यको जिम्मेवारी महत्वपूर्ण रहेको औंल्याउँदै यस्ता गतिविधिहरूलाई रोक्न कडा नीति अवलम्बन गर्न सरकारसँग माग गरेको छ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780