img

पूर्वगृहमन्त्री रवि लामिछाने सातौँपटक अदालतमा उपस्थित गराइने


काठमाडौ,२६ मंसिर । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सानो पाइला सहकारी ठगी प्रकरणमा सातौँपटक अदालतमा उपस्थित गराइने भएको छ।
लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने भएकाले पर्साबाट काठमाडौं हुँदै पोखरा लैजान तयारी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
पर्सा जिल्ला अदालतमा मंगलबार बयान दिएपछि लामिछाने अहिले प्रहरी हिरासतमा छन्। ५४ दिनदेखि हिरासतमा रहेका उनले यसअघि काठमाडौं, चितवन, रुपन्देही, कास्की र पर्सामा बयान दिएका छन्।

प्रहरी अनुसार बयान प्रक्रिया पूरा भएसँगै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीको दाबी छ।

अनुसन्धानका क्रममा सानो पाइला सहकारीबाट करिब आठ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा स्थानान्तरण भएको तथ्य फेला परेको छ। उक्त रकम स्थानान्तरणका बेला लामिछाने गोर्खा मिडियाका प्रबन्ध निर्देशक थिए।
सहकारी ठगी प्रकरणमा जोडिएका गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशी र रामबहादुर खनाललाई पनि स्थलमार्गबाट पर्साबाट पोखरा पठाइएको छ।

पूर्वगृहमन्त्री रविलाई मङ्सिर १९ मा पर्सा जिल्ला अदालतले लामिछानेसहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो।

लामिछानेमाथिको यो अनुसन्धानले सहकारीको रकमको दुरुपयोगबारे ठूला तहका व्यक्तिहरूलाई न्यायालयमा प्रस्तुत गर्न सकिने कानूनी प्रक्रिया बलियो बनाएको प्रहरीको भनाइ छ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780