img

सप्तरीको भगनीमा आगलागी, १५ लाखको क्षति


अपूर्व न्यूज समाचारदाता ।
फतेपुर,३० कार्तिक । सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ११ स्थित  भगनीमा बिहीबार राति भएको आगलागीमा १५ लाख रुपैयाँ बराबरको क्षति भएको हाे।

आगलागी भएको दृश्य

गए राति ११ बजे लागेको आगोले फुलदेश्वर माझी र विन्देश्वर माझीको दुईतले काठको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो।
प्रहरीका अनुसार माझी परिवारको सम्पूर्ण घर र सामान आगलागीमा परि नष्ट भएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका निरीक्षक सुशान्त मिश्रले घटनाको विस्तृत विवरण संकलन कार्य भइरहेको जानकारी दिए।

स्थानीयवासीले सप्तकोशी नगरपालिका र कञ्चनरप नगरपालिकाकाे वारुणयन्त्रको अभावका कारण आगो नियन्त्रणमा समस्या भएको गुनासो गरेका छन्। हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो निभाए पनि वारुणयन्त्र ढिला आइपुग्दा घर पूर्ण रूपमा नष्ट भइसकेको स्थानीयहरूले बताएका छन्।
बारम्बार हुने आगलागीका घटनामा वारुणयन्त्रको अभावले झन् ठूलो क्षति हुने गरेको भन्दै स्थानीयले सम्बद्ध निकायसँग तत्काल समाधानको माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस् ।