img

कञ्चनरुपमा जनमत पार्टीका पूर्व नगर अध्यक्षसहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरूले सामूहिक पार्टी परित्याग


अपूर्व न्युज समाचारदाता ।
कञ्चनपुर, ३० कार्तिक । जनमत पार्टीको कञ्चनरूप नगरपालिकामा नेतृत्वविरुद्ध असन्तुष्टि जनाउँदै नगर पूर्व अध्यक्ष अनिल पञ्जियारसहित दर्जनभन्दा बढी नेताहरूले पार्टी परित्याग गरेका छन्।

कञ्चनरुपमा जनमत पार्टीका नेता कार्यक्रताहरु सामुहिक पार्टी परित्याग गरेको प्रेस विज्ञप्ति ।

आज पार्टी नेतृत्वले बहुमतको निर्णयको कदर नगरेको र कार्यकर्ताहरूको भूमिका सही मूल्याङ्कन नगरेको भन्दै उनीहरूले सामूहिक रूपमा पार्टीबाट बाहिरिने घोषणा गरेका हुन्।
साे प्रेस विज्ञप्ति जारीमा पद तथापार्टी परित्याग गर्नेहरुमा जनमत पार्टी कञ्चनरूप नगरपालिकाका पूर्व नगर अध्यक्ष अनिल पञ्जियार,कञ्चनरुप नगरपालिका वडा नं. १ का प्रत्यासी वडा अध्यक्ष उम्मेदबार रामदेव शर्मा, कञ्चनरुप नगर वडा नं. १ का महिला उपाध्यक्ष  विमला देवी मण्डल,उपाध्यक्ष रेशम लाल साह,सचिव विशेश्वर महतो,सदस्यहरुमा भुवनेश्वर सदा,मुनेश्वरी देवी खंग,शिवु यादव र दिलिप कुमार राउत रहेका छन् ।
सो कञ्चनरुप नगरपालिका वडा नं.१ का युवा कमिटि संयोजक सम्पैत लाल मण्डल,बुथ कमिटी संयोजक विशेश्वर खंग,सह संयोजक रामचन्द्र खंग,महिला प्रचार प्रसार कमिटि संयोजक चन्द्रिका देवी खंग र युवा कमिटि सदस्य प्रमेश्वर खंग रहेका छन् ।

विज्ञप्तिमा नेताहरूले जनमत पार्टीको उद्देश्य र मार्गनिर्देशनमा नेतृत्वले बहुमतको भावना र कार्यकर्ताहरूको भावनाको कदर नगरेको आरोप लगाएका छन्।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780