अपूर्व न्युज समाचारदाता ।
सप्तरी , २६ कात्तिक । मिथिलाञ्चलमा परम्परागत र सांस्कृतिक महत्व बोकेको सामा-चकेवा पर्व कात्तिक महिनाको शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म धूमधामका साथ मनाइँदै छ।
द्वापर युगदेखि चली आएको यस पर्वलाई नेपालसहित आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्षोल्लासपूर्वक मनाइरहेका छन्।
सामा-चकेवा पर्व विशेष गरी दिदीबहिनीको प्रेमको प्रतीक मानिन्छ। यस पर्वमा माटोबाट सामा, चकेवा, चुंगला, चुंगली, सतभैया लगायतका आकृति बनाएर रातिको समयमा गीत गाउँदै खेल्ने परम्परा छ। मिथिलाञ्चल क्षेत्रमा भाइबहिनी र दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई प्रगाढ बनाउने यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।
सामा-चकेवा पर्वमा बहिनीहरूले आफ्ना भाइको लामो आयु, सुख, समृद्धिका लागि कामना गर्ने र भाइहरूले बहिनीको रक्षाका लागि प्रतिज्ञा गर्ने परम्परा रहेको छ। यस पर्वमा गीत, नृत्य, र माटोका आकृतिहरूमार्फत पौराणिक कथाहरूको झल्को पनि पाइन्छ।
यस पर्वले परम्परागत लोकसंस्कृति र समाजको एकताको सन्देशसमेत दिएको छ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...