अपूर्व न्यूज सामाचारदाता ।
काठमाडौं, ११ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीहरूको सीप, ज्ञान र पुँजीलाई नेपालको समृद्धिमा योगदान पुर्याउन जोड दिएको हो ।
वासिङ्टनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाद्वारा हालै आयोजित कार्यक्रममा बोल्दै उनले “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय लक्ष्य पूरा गर्न विश्वभरि रहेका नेपालीहरूको भूमिकाको आवश्यकता रहेको बताएको हो् ।
अध्यक्ष ढकालले नेपालका प्राकृतिक साधन–स्रोतहरूलाई अधिकतम उपयोग गर्दै कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, र पूर्वाधारमा लगानी गर्ने अवसरहरू प्रचुर मात्रामा रहेको र यो क्षेत्रमा विदेशमा बसेर कमाएको पुँजीको योगदान निकै महत्वपूर्ण हुनेमा जोड दिए।
उनले विदेशमा रहेका नेपालीहरूलाई नेपालमा आत्मविश्वासका साथ लगानी गर्न आह्वान गर्दै भने, “यहाँको सीप र पुँजीले हाम्रो देशलाई समृद्धिको बाटोमा डोर्याउन सक्छ।”
महासंघका अनुसार अध्यक्ष ढकालको भनाइमा आर्थिक उन्नति, रोजगारी सृजना, र स्थिरताको लागि विदेशमा बसेका नेपालीहरूको सहयोग अपरिहार्य छ, जसले नेपालको आत्मनिर्भरता र दीर्घकालीन विकासलाई गति दिन मद्दत गर्नेछ ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...