img

पार्टीलाई सङ्गठनात्मक रुपमा सुदृढीकरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह : मन्त्री यादव


वीरगञ्ज (पर्सा), १९ भाद्र । जनता समाजवादी पार्टी ९जसपा०का उपमहासचिव एवम् खानेपानीमन्त्री प्रदीप यादवले पार्टीलाई सङ्गठनात्मक रुपमा सुदृढीकरण गर्दै जनतासँग बलियो पहुँच विस्तार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसप) जिल्ला समिति पर्साले बुधबार मन्त्री यादवले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै विकासका मुद्दालाई प्रथामिकतामा राखेर अघि बढ्न पार्टीका कार्यकर्तालाई आह्वान गर्नुभयो ।

“जनताका समस्या र विकास निर्माणका योजनालाई मुख्य प्रथामिकतामा राखेर अघि बढ्न सम्पूर्णलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “हामीलाई जनताको विश्वास जित्नु छ, त्यसका लागि सबै नेताहरूले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक छ । त्यसैले जनताको समस्या पनि आफ्नै समस्या ठानेर समाधान गर्र्नेतर्फ अग्रसर हुन जरुरी भइसकेको छ ।”
खानेपानीमन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको सेवामा समर्पित रहन र सङ्गठनलाई अझ मजबुत ढङ्गले एकताबद्ध गराउन निर्देशन दिनुभयो । “जसपा अहिले एक महत्त्वपूर्ण मोडमा छ । हामीले जनताका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780