img

सूचना नदिने कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत रेणुका साहलाई १५ हजार जरिवाना


कञ्चनपुर(सप्तरी) २५ माघ । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको कञ्चनरुप नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकिय अधिकृतलाई कारबाही गरेको छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गराएको हो ।

कञ्चनरूप नगरपालिकाकाे कार्यालय,सप्तरीका कार्यालय प्रमुख लाइ कारबाही सम्बन्धी प्रेस विज्ञप्ती

सप्तकोशी नगरपालिका नं.११ निवासी कैलाश माझीले कञ्चनरुप नगरपालिकाको कार्यालयसँग सूचना माग गरेका थिए । तर पटक–पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध गराउने प्रयास नभएको आयोगको ठहर छ ।

आयोगको आदेश पश्चात पनि सम्बन्धीत व्यक्तिलाई सूचना उपलब्ध नगराएमा दफाको ३२(२) अनुसार प्रतिदिन दुई सय दर थप जरिवना हुने कानुनी ब्यवस्था गरिएको छ ।

आयोगले सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(१) बमोजिम गरेको जरिवाना असुल उपर गरी आयोगलाई जानकारी दिनु भनेर जिल्ला प्रशासन कार्यालय, सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ ।

त्यस्तै, शाहलाई विभागीय कारबाही गरी र पुनरावेदकलाई सूचना उपलब्ध गराई दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखेर पठाउन समेत भनेको छ । यस निर्णय चित्त नबुझेमा शाहले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछिन् ।

 

 

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780