img

कञ्चनरूप नगरपालिकाकाे अनुराेधमा स्वास्थ्य शिविर सञ्चालन नहुदाँ विरामीहरु रितै घर फर्के


कञ्चनपुर,२ पुस । कञ्चनरुप नगरपालिका अनुरोधमा स्वास्थ्य शिविर सञ्चालन नहुदाँ विरामीहरु शनिबार रितै घर फर्केका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.विराटनगरको आयोजनामा सञ्चालन हुने स्वास्थ्य शिविर दुई पटक स्थगित भएको छ ।

    शनिबार सुनसान सर्वोदय उच्च माध्यमिक विघालयको प्राङ्गन

सो स्वास्थ्य शिविर पहिलो सुचना २०७९ मंसिर २४ गते र दोश्रो सुचना २०७९ पुस २ गते शनिवार दिन कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित सर्वोदय उच्च माध्यमिक विघालय कञ्चनपुरमा उक्त शिविर हुने सुचना प्रकाशित गरिएको थिए । मंसिर २४ गते हुने स्वास्थ्य शिविरका लागि मंसिर १९ गते स्थगित गरि पुस २ गते शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्ने सुचना जारी गरिएका थिए ।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले आपनो आधिकारीक सामाजिक सञ्जाल फेसबुक पेजमा २०७९ पुस २ गते भनिएको छ, “मेरो अनुरोधमा न्युरो कार्डियो अस्पताल विराटनगरद्धारा कञ्चारुप नगरपालिकामा आई शिविर सञ्चालन गर्न मान्नु भएकोमा न्युरो अस्पताललाई धन्यवाद समेत दिई सम्पुर्ण नगरवासीलाई पुस २ गते शनिवारका दिन सर्वोदय उच्च माध्यमिक विघालयको प्राङ्गनमा लाग्ने स्वास्थ्य शिविरमा आई उक्त शिविरको लाभ उठाउन अनुरोध गर्दछु” भनिएको थियो ।

नगर प्रमुखको अनुरोधलाई स्वकार्य गर्दै सो स्वास्थ्य शिविरका लागि आज कञ्चनरुप नगरपालिका वडा नं.४ जगतपुरका भोला खंगले भने– प्राथमिक स्वास्थ्य केन्द्र र सर्वोदय उच्च माध्यमिक विघालय कञ्चनपुरमा जादाँ त्यहाँ कुने स्वास्थ्य शिविर नरहेका हामी चार जना विरामी फिर्ता भएर घर फर्किदैंछु । खंगले भने यो कञ्चनरुप नगरपालिकाको लापरवाहीले जनता दुख पाएको छु ।

यता कञ्चनरुप नगरपालिकाका समाजसेवी दिपक गुप्ताले भने दुई दुई पटक स्वास्थ्य शिविर स्थगित हुनु दुर्भाग्य भनिएको छ । सो स्वास्थ्य शिविरबारे कञ्चनरुप नगरपालिका वडा नं.८का वडा अध्यक्ष कृष्ण प्रसाद साहले भने, स्वास्थ्य शिविर स्थगित हुनु राम्रो पक्ष नभई हामी यस बिषमा छलफल गर्ने बताए ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780