img

विद्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय धर्मशालामा सारे


अपूर्व न्यूज सम्वददाता
कञ्चनपुर, २२ असोज । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय रौनियार सेवा सदन धर्मशालामा शनिबार सारिएको छ ।

सर्वोदय उच्च माध्यमिक विद्यालय कंचनपुर

निर्वाचन अधिकारीले भने,– अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लागि विद्यालयमा कार्यालय स्थापनापछि पत्रपत्रिकामा समाचार सम्प्रेसन भएको तथा चौतर्फी विरोध भएकाले सप्तरी जिल्ला प्रमुख अधिकारी भुपेन्द्र थापा आफै आएर विद्यालयबाट उक्त निर्वाचन कार्यालय सार्न निर्देशन दिएको हो ।

सप्तरी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख अभिनारायण काप्ले,सप्तरी जिल्ला निर्वाचन अधिकृत रमेश जाशी ,ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख डिएसपी रामकुमार यादव र कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्तासमेतले उक्त रौनियार सेवा सदन धर्मशालालाई निरिक्षण पश्चाप विद्यालयमा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको एवम् विद्यालयमा आचारसंहिता समेतलाई मध्यनजर गर्दै उक्त निर्वाचन कार्यालय धर्मशालामा सारिएको हो ।

गत विहिवार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन अधिकृतको कार्यालय कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरमा स्थापना गरेको थियो ।
निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले भने,–सर्वोदय विद्यालयमा तत्काल लागि कार्यालय स्थापना गरिए पनि सहज नभएकोले र साना साना बालबालिका विद्यार्थीहरुलाई पठनपाठनमा निकैनै समस्या हुने भएकाले सो कार्यालय रौनियार सेवा सदन धर्मशलामा सारिएको बताए ।
निर्वाचन अधिकारीले,भने नेपाल सरकारले हामीलाई जिम्मेवारी दिएर पठाएकोले मधेश प्रदेशको उदाहरणीय उलेखणीय छिटो छरितो मर्यादित निष्पक्ष तरिकाले निर्वाचन गराउन निर्वाचन कार्यक्रमको समयमा सप्तरी निर्वाचन क्षेत्र नं. १ का मतदाता तथा स्थानीयहरुको साथ र सहयोग दिने सबैमा आग्रह गरेकाे छ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार