img

कार्यविधि,नीति,नियम बनाएर स्थानीय राजपत्रमा प्रकाशित गरेर सफलतापुर्वक जाने ः अध्यक्ष मण्डल


बेल्ही (सप्तरी) असोज ९ गते । राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले भने,–गाउँपालिकाको संरचना अनुसार चलाउनका लागि कार्यविधि,नीति,नियम बनाएर स्थानीय राजपत्रमा प्रकाशित गरेर सफलतापुर्वक जाने बताए ।

कार्याशाला गोष्ठीमा प्रमुख प्रशिक्षक गोविन्द अधिकारीले प्रशिक्षण दिदैं

आईतबार युरोपियन युनियनको आर्थिक सहयोग,वेल्टहङ्गहिल्फेको प्राविधिक सहयोग एवम आसमान नेपालको अगुवाई दलित सरोकार मञ्चको आयोजनामा सञ्चालित नागरिक सक्रियता परियोजना अन्र्तगत राजगढ गाउँपालिका अधिकारमा आधारित विकास पद्धति,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सर्वाजनिक जवाफदेहिता सामाजिक समावेशीकरण सम्वन्धी दुई दिने कार्याशाला गोष्ठीको समापन समारोहमा सो कुरा बताएका हो ।
राजगढ गाउँपालिकाका अध्यक्ष मण्डलले भने,– कार्यशाला गोष्ठीद्धारा पालिका सञ्चालनका लागि महत्वपुर्ण बिषयबस्तु सिक्ने मौंका पाएको बताउदैं आगामी दिनमा दलित,आदिबासी जनजाती, अल्पसंख्यक तथा सिमान्तकृत समुदायहरुमा गई टोल–टोल बस्तिस्तर र वडास्तरमा योजनाहरु संकलन गरी समावेशहरुलाई गाउँपरिषद्मा लग्ने बताए ।

सो कार्यशालामा विजयदशमी तथा शुभदिपालीको शुभकामना दिदैं राजगढ गाउँपालिका अध्यक्ष मण्डलले गाउँपालिकाbaको तथ्याङ्गक अनुसार प्राथमिकताको क्षेत्रहरु निर्धारण गर्ने,अधिकारमा आधारित विकास पद्धति मान्यता अनुसार कार्य गर्ने(वस्ति स्तरीय योजना तर्जुमा गर्ने,राहतमुखी कार्यक्रम भन्दा आर्थिक र सामाजिक सशक्तिकरण हुने कार्यक्रम तर्जुमा गर्ने,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र गुनासो व्यवस्थापन सम्बन्धी कार्ययोजनासमेत निमार्ण गरिएको छ । राजगढ गाउँपालिका अध्यक्ष मण्डलले बताए ।

कार्याशाला गोष्ठीमा तयार पारिएका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र गुनासो व्यवस्थापन सम्बन्धी कार्ययोजनामा हस्ताक्षर गदैं राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल

सो कार्याशाला गोष्ठीमा राजगढ गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, ६वटै वडाका वडा अध्यक्षहरु,कार्यकपालिका सदस्यहरु र कर्मचारीसमेतको सहभागिता रहेको थियौं । उक्त कार्याशाला गोष्ठीमा प्रमुख प्रशिक्षक गोविन्द अधिकारी र जिल्ला संयोजक राजकुमार पासवाले प्रशिक्षण गरिएको हो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780