img

सामाजिक संस्था गठनले समाजमा शान्ति स्थापनामा टेवा पुग्छ ः कार्यबाहक नगर प्रमुख प्रवीण


अपुर्व सम्वददाता ।
कञ्चनपुर, ३० साउन ।
सामाजिक संस्थाहरुको गठनले समाजमा शान्ति स्थापना गर्ने राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत प्रवीणले बताएकी छिन् ।
सप्तरीको राजविराजमा सोमबार आयोजित मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा गठन समारोहमा बोल्दै सो कुरा बताएकी हुन् ।

मञ्चमा आसिन्न प्रमुख अतिथिसहित अतिथिगण ।

कार्यक्रममा बोल्दै राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख प्रवीणले बुवारी संयुक्त आवाज जिल्ला शाखा गठनले महिला हिंसा न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । महिला अधिकारको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न बुहारी आवाज सहयोगी हुने बताउँदै कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक नगरप्रमुख प्रवीणले महिला अधिकारको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले संयुक्त बुहारी आवाज जिल्ला शाखालाई सरकारको तर्फबाट हुने सहयोगमा कुनै कसर नराख्ने बताए ।

सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले महिला तथा बालबालिका विरुद्ध हिंसाको घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले खोलिने संघ संस्थाले प्रहरीलाई अपराधिक क्रियाकलाप रोक्नमा सहयोग पुग्ने बताए ।
मेची महाकाली बुवारी संयुक्त आवाज जिल्ला शाखा सप्तरीका अध्यक्ष अनिता अधिकारी देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, सप्तरी उधोग बाणिज्य संघ राजविराजका अध्यक्ष लालु प्रसाद अग्रवाल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, पूर्व शिक्षक मन्जु श्रेष्ठ, सप्तरी जिल्ला वार एसोशिएशनका उपाध्यक्ष अधिबक्ता फुल नारायण यादव, प्रेस स्वातन्त्रता सेनानी वरिष्ठ पत्रकार बैधनाथ झा, सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हितनारायण लाल दास लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

अधिबक्ता मनु खनालद्वारा संचालित कार्यक्रममा स्वागत बुवारी संयुक्त आवज जिल्ला शाखा सप्तरीका सचिव नानिमैया कटुवालले गरिन् ।
कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत प्रवीण र वडा नम्बर ७ लाई सम्मान–पत्र प्रदान गरिएको थियो


प्रतिक्रिया दिनुहोस् ।