img

ढकियामे नागरिकता नाटक प्रदर्शन


अपुर्व न्युज सम्वददाता
राजविराज, साउन १७ गते ।
नागरिकता विहिनहरुको आवाजलाई समेटेर राजविराजमा मंगलबार “ढकियामे नागरिकता” नामक नाटक प्रदर्शन गरेका छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा आसमान नेपाल र सरिता फाउण्डेशन आयोजना दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा नागरिकता विहिनहरुको आवजलाई समेटेर नाटक प्रदर्शन गरेको हो । नाटकमा नेपाली नागरिक भएर पनि नागरिकता नपाउदाको पीडा प्रदर्शन गरिएको थियो ।

ढकियामे नागरिकता नाटक अवलोकलन गर्न आएका नागरिक समाज,मानव अधिकारकर्मी,महिला अधिकारकर्मी,दलित अधिकारकर्मी लगायत सहभागीहरु ।

नागरिकता बनाउनका लागि प्रक्रिया पु¥याउदाको कागजै कागजले ढाकी भरिदा पनि हालसम्म नागरिकता पाउन नसकिएको पीडा नाटकमा देखाएको थियो । नागरिकता विहिनताले पहिचान गुमेको तथ्यलाई झल्काउदै कलाकारहरुले नेपाली भाषा बोल्न नजानेर र नेपाली भेषभुषा नलगाउदा समेत लाखौ नेपाली नागरिकताबाट बञ्चित भएको यतार्थतालाई झल्काएका छ्न । मातृभाषा बोल्नेहरु पनि नेपाली नागरिक भएकाले उनिहरुलाई निशर्त नागारिकता उपलब्ध गाराउनुपर्ने नाटकमा जोड दिएको छ ।


सो नाटकमा राजनैतिक दलहरुले नागरिकतामा राजनीति गरेर सत्तामा पुग्ने र नागिकता विहिनको समस्याप्रती चासो नदेखाएको कुरा नाटकमा बाङ्या गरिएको छ । नागरिकता विधेयक आएपछी पुस्तौंदेखि नेपालमा बसोबास गरेका नेपाली नागरिकले नागरिकता पाउने भएकोले छिटै कार्यान्वयनमा लैजानुपर्ने नाटकमा जोड दिएको छ ।
सो नाटकमा नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएकोमा स्वागत गरिएको छ । नागरिकता विधेयकलाई राष्ट्रपतिले पास गर्ने विश्वास नाटक गरिएको थियो । नाटकका लेखक तथा निर्देशक सरिता साह रहेका छ्न । नाटकमा कथा लेखक तथा निर्देशक साह, अनिल कुर्मी, राजशर्मा पंगेनी सुजिता साह, सोमनाथ खनाल, सुदिपजंग कार्की, संजय मुडियारी, रोहित साह, कृष्णा कुमार महतो हाङ– ओ– हाङ राई, सरस्वती अधिकारी सुदिप पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका थिए । नागरिकता विधेयकमा भएको प्राबधान र संशोधन गर्नुपर्ने विषयलाई उजागर गर्ने उदेश्यलले नाटक प्रदर्शन गरिएको दलित सरोकार मञ्च नेपाल सप्तरीका जिल्ला संयोजक राजकुमार पासवानले जानकारी दिए ।

सो नाटकमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहको अध्यक्षतामा आसमान नेपालका कार्यक्रम संयोजक विजय यादव, वेल्टहङ्गरहिल्फेका दिपक राजवंशी,विभिन्न नागरिक समाजका संघ संस्थाका प्रतिनिधि,महिला अधिकारकर्मी,अधिवक्ता,राजनीति दलका प्रतिनिधि,दलित अधिकारकर्मी,दलित अगुवा,मञ्च सँग आबद्ध सम्वाद केन्द्रका महिला पदाधिकारी,नागरिक संस्थाका प्रतिनिधि,कर्मचारी एवं सञ्चारकर्मीसमेत उल्लेखनिय उपस्थित रहेको थियो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780