img

मुख्यमन्त्री सिंहद्वारा हनुमाननगरमा थ्री फेज कृषी विद्युतिकरण कार्य शुभारम्भ


अपूर्व न्यूज समाचारदाता ।
भारदह(सप्तरी),४ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ मा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले थ्री फेज कृषि विद्युतिकरण कार्यको आजलऔपचारिक शुभारम्भ गर्नुभएको हाे।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले थ्री फेज कृषि विद्युतिकरण कार्यको आज औपचारिक शुभारम्भ गर्दै ।

साे योजनाअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. २, ५, ६, ७ र ८ का कृषकहरूले अब सिंचाइका लागि विद्युत प्रयोग गर्न सक्ने भएका छन्। विद्युतीय सुविधा विस्तारसँगै कृषकहरूले पम्पसेटमार्फत सहज रूपमा खेतमा पानी पुर्‍याउने व्यवस्था मिल्नेछ।
साे हनुमाननगर कंकालिनी नगरपालिका नगरप्रमुख वीरेन्द्र माझीले कृषकहरूको राहतका लागि बिजुलीको महसुल नगरपालिकाले नै तिर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। यसले कृषकलाई आर्थिक भार कम गर्दै उत्पादनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

हनुमाननगर कंकालिनी नगरपालिका पाँच वडाका कृषकलाई सिँचाइका लागि विद्युत सुविधा नगरपालिकाले महसुल तिर्ने : नगरप्रमुख माझी

साे कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले कृषि विद्युतिकरणलाई नमूनाका रूपमा अघि बढाइएको बताउँदै भने, “मधेश प्रदेशका आठै जिल्लाका सिचाइ सुविधा नपाएका कृषकहरूलाई अब सिँचाइको सुविधा उपलब्ध गराइनेछ।”
साे मुख्यमन्त्री सिंहले प्रदेश सरकार कृषिलाई आत्मनिर्भरता र रोजगारीको मुख्य आधार बनाउन चाहेको उल्लेख गर्दै आधुनिक प्रविधिमार्फत कृषि प्रणालीमा सुधार ल्याउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएकाे हाे।

सिँचाइमा आत्मनिर्भरता: मधेश सरकारको पहलमा विद्युतिकृत कृषि योजना लागू

साे स्थानीय कृषकहरू यस योजनाबाट उत्साहित देखिएका छन्। विद्युतका माध्यमबाट खेत सिँचाइ गर्न सकिने भएपछि सिंचाइमा निर्भर रहेका वर्षात–आधारित खेती प्रणालीमा सकारात्मक परिवर्तन आउने विश्वास लिइएको छ।
यस कार्यक्रमलाई प्रदेश सरकारको ‘कृषि आधुनिकीकरण तथा सशक्तीकरण’ अभियानअन्तर्गत प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको संकेतस्वरूप लिइएको हाे।


प्रतिक्रिया दिनुहोस् ।