img

जनकपुरमा कलाकारहरूसँगको ऐतिहासिक छलफल, सम्मानित हुँदै सृजनशीलता र संस्कृति प्रति आस्था


अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम, १८ असार  । मधेस प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयद्वारा आयोजित “मधेस प्रदेशका पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला हरूसँगको छलफल कार्यक्रम” जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको हाे।

 सम्मानित हुने सरिता फाउन्डेसनका अध्यक्ष सरिता साह ।

मंगलबार पर्यटन, संस्कृति र सृजनात्मकतासँग जोडिएका विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सहभागी हुन पाउनु गर्वको विषय भएको सहभागी कलाकारहरूले बताएका छन्। कार्यक्रममा मधेस प्रदेशका कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान दिने थुप्रै कलाकार तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सृजनात्मक ऊर्जा थपिएको अनुभव: सम्मानित सरिता साह

साे कार्यक्रममा सम्मानित हुने सरिता फाउन्डेसनका अध्यक्ष सरिता साहले भनिन् , “हाम्रो कला, संस्कृति र पहिचानलाई मूल्याङ्कन गरिएको अनुभूति यस सम्मानले दिलाएकाे बताइन्। वहाँले,थपिन् ऐतिहासिक र सकारात्मक पहलले हामीजस्ता स्रष्टालाई थप ऊर्जा र उत्साह प्रदान गरेको हाे।”

कार्यक्रममा सम्मानित हुने सरिता फाउन्डेसनका अध्यक्ष सरिता साह एवम् साथमा उनका अभिभावक ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाको नेतृत्वमा आयोजना भएको यस कार्यक्रमले मधेस प्रदेशको पर्यटन, संस्कृति र सिर्जनात्मक क्षेत्रको उज्यालो भविष्य सुनिश्चित गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

जनकपुरमा कलाकारहरू सम्मानित, संस्कृति र सृजनशीलताको उत्सव

उक्त अवसर सिर्जना गरी कलाकारहरूलाई सम्मानित गरेकोमा मधेस प्रदेश सरकार, मन्त्रालय र सम्पूर्ण आयोजक टोलीप्रति सहभागीहरूले हृदयदेखि धन्यवाद प्रकट गरेका छन्।


प्रतिक्रिया दिनुहोस् ।