img

जनमत पार्टीमा डा. राउत र चौधरी राष्ट्रिय उपाध्यक्ष नियुक्त : संगठन सुदृढ हुने अपेक्षा


अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम,२० असार । जनमत पार्टीको स्थायी समितिले पार्टीका वरिष्ठ नेता डा. जयकान्त राउत र दानबहादुर चौधरीलाई राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत भएकोमा सर्वत्र स्वागत भनिएको हाे ।
आज जनमत पार्टीका सिरहा इन्चार्ज तथा केन्द्रीय सदस्य विनाेद कुमार यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै जनमत पार्टीको स्थायी समितिले पार्टीका वरिष्ठ नेता डा. जयकान्त राउत र दानबहादुर चौधरीलाई राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत भएकोमा सर्वत्र स्वागतयाेग्य एवम् प्रसंशनिय रहेको बताएको हाे ।

अनुभवी नेताहरूको आगमनले ‘मिसन ८४’ सफल बनाउने जनमत पार्टीको विश्वास

साे स्वराजी नेता तथा कार्यकर्ताहरूमा सकारात्मक सन्देश फैलाएको छ। संगठनलाई थप सुदृढ, अनुशासित र चुनावी लक्ष्य ‘मिसन ८४’ मा केन्द्रित बनाउन यी दुई नेताको अनुभव र योगदान प्रभावकारी हुने जनाइएको छ। पार्टी निर्णयसँगै पार्टीभित्र उत्साह, उमंग र नयाँ उर्जाको संचार भएको नेताकार्यकर्ताहरूले प्रतिक्रिया दिएका छन्।

आज जनमत पार्टीका सिरहा इन्चार्ज तथा केन्द्रीय सदस्य विनाेद कुमार यादवले जारी गरेको प्रेस विज्ञप्ति ।

डा. राउतको समर्पणप्रति पार्टीको कृतज्ञता

पार्टीका अनुसार डा. जयकान्त राउत एक संघर्षशील, समर्पित र दूरदर्शी नेतृत्वकर्ताको रूपमा पहिचान स्थापित गर्न सफल भएका छन्। स्वराज अभियानदेखि लिएर जनमत पार्टीको स्थापना र विस्तारसम्म उहाँको भूमिकालाई ‘अतुलनीय’ भन्दै पार्टीले प्रशंसा गरेको छ। डा. राउतले पार्टीले तोकेको प्रत्येक जिम्मेवारी सहर्ष स्वीकार गर्दै संगठन निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

नाता र जात होइन, संघर्ष र क्षमता मुख्य’

पार्टीले केही असन्तुष्ट व्यक्तिहरूद्वारा सामाजिक सञ्जालमार्फत भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। पार्टीभित्र अनुशासनविहीन र स्वार्थप्रेरित झुण्डले नेतृत्वलाई बदनाम गर्ने प्रयास गरिरहेको भन्दै सबै नेता तथा कार्यकर्तालाई त्यस्ता प्रचारप्रति सचेत रहन अपिल गरिएको छ। पार्टीले जात, धर्म, लिङ्ग वा नाताभन्दा माथि उठेर संघर्ष, समर्पण र क्षमताको आधारमा निर्णयहरू हुने स्पष्ट पारेको छ।

चौधरीको पाँच दशक लामो अनुभव

राष्ट्रिय उपाध्यक्षमा मनोनीत अर्का नेता दानबहादुर चौधरीको करिब पाँच दशक लामो राजनीतिक अनुभव रहेको छ। उहाँको दीर्घकालीन संघर्ष, नेतृत्व क्षमता र सांगठनिक समझदारीले पार्टीलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
साे पार्टीले दुवै उपाध्यक्षको नियुक्तिलाई संगठन सुदृढीकरण र भावी निर्वाचन तयारीको दृष्टिले महत्वपूर्ण उपलब्धि मानेको छ।


प्रतिक्रिया दिनुहोस् ।