अपूर्व न्यूज सामाचारदाता ।
कञ्चनपुर(सप्तरी) ३१ जेष्ठ । मधेस प्रदेश सरकारको योजना अन्तर्गत कञ्चनरूप नगरपालिका वडा नं.१ स्थित बैरवा टोलमा आजबाट आरसीसी ढलान कार्यको औपचारिक शुभारम्भ गरिएको हाे।

बैरवाका समाजसेवी एवम् युवा स्वयंसेवक अनिल पंजियारको पहल तथा उपस्थितिमा बैजनाथ पंजियारको घरदेखि बद्री महतोको घरसम्मको सडकखण्डमा पूजा–आजासहित ढलान कार्य सुरु गरिएको हो।
स्थानीय विकास र पूर्वाधार सुदृढीकरणका लागि लक्षित यो योजना मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालनमा आएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास समितिका सदस्य, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।
अनिल पंजियारको सक्रियता: बैरवा टोलमा गुणस्तरीय सडक निर्माण कार्य प्रारम्भ
समाजसेवी अनिल पंजियारले विकासका कार्यमा पारदर्शिता, गुणस्तर र जनसहभागिताको महत्व औंल्याउँदै आगामी दिनहरूमा पनि समाजको समुन्नतिका लागि निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गरेकाे हाे।
स्थानीय बासिन्दाहरूले सरकार तथा स्वयंसेवकहरूको प्रयासप्रति आभार प्रकट गर्दै गुणस्तरीय निर्माण कार्यमा सहकार्यको प्रतिवद्धता जनाएका छन्।