img

सुरुङ्गामा पुनः बालिकामाथि ज्यान मार्ने प्रयास, स्थानीय त्रसित


दिपेन्द्र पासवान
कुशाहा(सप्तरी) १९ जेष्ठ । सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा १९ वर्षीया पूजा कुमारी रामको अपहरणपछि हत्या भएको घटना सेलाउन नपाउँदै सोही स्थानमा अर्की बालिकामाथि ज्यान मार्ने प्रयास भएको हाे।

साेमबार बिहान करिब ६ बजेतिर विद्यालय जान घरबाट निस्किएकी एक १३ वर्षीया बालिकालाई नकाब लगाएका दुई व्यक्तिले अचानक आक्रमण गरेका छन्।

महेन्द्र राजमार्गसँग जोडिएको कुशाहा–हरिपुर सडक खण्ड अन्तर्गत राजमार्गदेखि करिब ४ सय मिटर दक्षिणमा पर्ने शुलीगेट नजिकै उक्त घटना भएको हो।

बालिकाका हजुरबुबा दुलिचन मण्डलले घटनाका बारेमा जानकारी दिँदै भने, “हाम्रो क्षेत्रमा यस्ता घटना दोहोरिरहेकै छन्। केही दिनअघि मात्र पूजाको हत्या भयो, आज फेरि मेरी नातिनीमाथि यस्तो प्रयास भयो। अब हामी कसरी निश्चिन्त हुने?”

पीडित बालिकाका अनुसा दुई जना नकाबधारीले पछाडिबाट समातेर लडाउन खोजे र ब्लेडले घाँटी काट्ने प्रयास गरेका थिए।

त्यही समयमा बाटोमा मानिसहरू देखिएपछि आक्रमणकारी दक्षिण–पश्चिमतर्फको झाडीमा भागेको बताइन्।
बालिका केही घाइते भए पनि गम्भीर अवस्था नभएको जनाइएको छ। उनलाई नजिकैकै एक शिक्षकले बेहोस अवस्थामा फेला पारी कुशाहा स्थित जिनीस अस्पताल पुर्‍याएका थिए।
साे एक प्रत्यक्षदर्शीले भने,- बालिका बेहोस भए पनि हातले झाडी तर्फ ईशारा गरिरहेकी थिइन्। घटनास्थल पुग्ने बित्तिकै हरिपुर आधारभूत विद्यालयका प्रधानाध्यापक अरुणदेव साहले आफ्नै मोटरसाइकलमार्फत उनलाई अस्पताल लगेका थिए।

दुई नकाबधारीको आक्रमणबाट बालिका घाइते, प्रहरीले भन्यो– अनुसन्धान जारी राखेको हाे ।

ईलाका प्रहरी कार्यालय कडरबोनका प्रहरी निरीक्षक गजेन्द्र रायले बालिकाको अवस्था सामान्य रहेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। “अहिलेसम्म घटना कसले गर्‍यो भन्ने यकिन भइसकेको छैन, तर अनुसन्धान तीव्र पारिएको छ,” उनले बताए।
लगातार यस्ता घटनाले स्थानीयवासीमा भय र असुरक्षा बढेको छ। पीडित परिवार र सर्वसाधारणले अपराधीहरूलाई चाँडो पक्राउ गरी कानूनी कारबाहीको माग गरेका हाे।


प्रतिक्रिया दिनुहोस् ।