अपूर्व न्यूज समाचारदाता ।
जनकपुर, ८ जेठ। मधेस प्रदेश सरकार र नेपाल टेलिभिजन तथा रेडियो नेपालबीच जनकपुरबाट प्रसारण सुरु गर्ने सम्बन्धमा बिहीबार औपचारिक सम्झौता भएको हाे ।

मुख्यमन्त्री सतिश कुमार सिंहको उपस्थितिमा तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गृह मन्त्रालय र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
साे सम्झौताअनुसार मधेस प्रदेश सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई जनकपुरमा आवश्यक भवन उपलब्ध गराउनेछ।
यस सम्झौतासँगै नेपाल टेलिभिजन र रेडियो नेपालले जनकपुरबाट औपचारिक प्रसारण सेवा विस्तार गर्न सक्नेछन्। यो निर्णयले मधेस प्रदेशका सञ्चारकर्मी र सञ्चार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।