अञ्जलि पासमान ।
बलान विहुल (सप्तरी), २ जेठ । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले जनकपुरधाममा निर्माणाधीन थारु कुटीको शुक्रबार स्थलगत निरीक्षण गर्नुभएको हाे ।
साे प्रदेश सरकारको अनुदानमा निर्माण हुँदै गरेको थारु कुटी परियोजना गृहमन्त्री लेखीको विशेष पहलमा चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालनमा आएको हो।
कुल लागत ३५ लाख रुपैयाँ रहेको यस परियोजनाले थारु समुदायको सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको हाे ।
साे निरीक्षणका क्रममा मन्त्री लेखीले निर्माण कार्य गुणस्तरीय, पारदर्शी र तोकिएको समयसीमा भित्र सम्पन्न गर्न प्राविधिक तथा निर्माणसँग सम्बन्धित कामदारहरुलाई आवश्यक निर्देशन दिनुभयो।
साे गृहमन्त्री लेखीले भोलि सप्तरी जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम समेत रहेको मन्त्रालय स्रोतले जनाएको हाे ।