img

कञ्चनपुरमा रहस्यमय मृत्यु: घरभित्रै भेटियो पुरुषको शव


कञ्चनपुर(सप्तरी),११ बैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–८ कञ्चनपुर बजारमा गए राति एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ।

कञ्चनरुप नगरपालिका वडा नं ८ स्थित कञ्चनपुर बजारमा आफ्नै घरको खाटमुनि सुतेको अवस्थामा ४८ वर्षीय श्याम कुमार गुप्ता बिहीबार बिहान मृत फेला परेका हुन्।
स्थानीयवासीका अनुसार गुप्तालाई बिहान करिब १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा शव फेला परेको थियो। गुप्ताका तीन छोरी र एक छोरा रहेका छन्।
साे घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। डिएसपी काफ्लेले शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए।
साे घटनाको कारणबारे हाल विस्तृत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस् ।