img

मधेसमा दलित पत्रकारहरूको नयाँ नेतृत्व: कैलाश दास पुनः अध्यक्ष चयन

राष्ट्रिय दलित पत्रकार संघ, नेपालले मधेस प्रदेशमा कैलाश दासको नेतृत्वमा १७ सदस्यीय पदाधिकारीहरु ।

जनकपुर(धनुषा), १ बैशाख । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले मधेस प्रदेशमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गर्दै अध्यक्षमा पुनः कैलाश दासलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
शनिबार जनकपुरधाममा सम्पन्न अधिवेशनले १७ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गर्दै संगठनको सुदृढीकरण र दलित पत्रकारको हकहितमा अझै सशक्त भूमिका निर्वाह गर्ने संकल्प व्यक्त गरेको हो ।
नवगठित समितिमा उपाध्यक्ष आशिष विश्वकर्मा (सिरहा), महिला उपाध्यक्ष पूजा पासवान (महोत्तरी), सचिव सुर्यनारायण विक (पर्सा), सहसचिवद्वय निखिल पासवान (बारा) र रामप्रवेश बैठा (रौतहट) चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी मनु पासवान (सप्तरी) ले पाएका छन्।
समितिका सदस्यहरूमा ममता बैठा, रामनाथ राम, जितेन्द्र राम, दीपक विश्वकर्मा, गोपाल महरा, शर्मा बैठा, शुशील हजरा, विष्णुदेव सरदार र सुबासाहेब पासवान रहेका छन्, जसले मधेसका सबै जिल्लाको प्रतिनिधित्व सुनिश्चित गरेका हो ्।

सो अधिवेशनको बन्द सत्रमा केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज भोला पासवानको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो। उक्त समितिले सर्वसम्मत सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनमा सहभागी विभिन्न वक्ताहरूले दलित पत्रकारहरूको सशक्तिकरण,अधिकार संरक्षण, तथा पेशागत विकासका लागि संघ अझ बढी क्रियाशील बन्नुपर्नेमा जोड दिए । संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले मधेसमा दलित समुदायमाथिको दमनविरुद्ध छिट्टै पैदल यात्रा सुरु गरिने जानकारी दिएको हो ।
त्यस्तै, पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले दलित पत्रकारहरूको संस्थागत पहुँच विस्तार,वर्गीकरणको अवसरमा विशेष व्यवस्थाको कार्यान्वयन र दीर्घकालीन क्षमताविकासमा संघको भूमिकालाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाएको हो ।


प्रतिक्रिया दिनुहोस् ।