कञ्चनपुर(सप्तरी),२४ चैत्र । जिल्लाको कञ्चनरुप नगरपालिका–१० स्थित भडाहा मुसहरी टोलमा शनिबार दिउँसो भीषण आगलागी भएको हो ।

भरत साहको घरबाट सुरु भएको आगोले उनको घरका संरचना, भौतिक सामान, नगद तथा अन्नपात जलेर पूर्णरूपमा नष्ट भएको हो ।
सो दिउँसो करिब ४ बजेतिर विद्युत सर्ट भई आगो लागेको आशंका गरिएको हो । आगलागीको सूचना पाएपछि स्थानीय बासिन्दाहरूको सहयोगमा कञ्चनरुप नगरपालिकाबाट खटिएको दमकल प्रयोग गरी करिब ४ः४५ बजे आगो नियन्त्रणमा लिइएको हो ।
सो इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
आगलागीबाट जलेर नष्ट भएका सामग्रीहरूमा पक्की घर, टिनको छाना, किचन, गोठ, बैठक कोठा, अन्नपात, लत्ताकपडा, नगद तथा गरगहना रहेका छन् । साथै तीन थान साइकल पनि जलेर नष्ट भएको हो ।
सो अनुमानित क्षति विवरण अनुसार घर तथा संरचना रु. ७ लाख ७० हजार ,नगद रु. २ लाख १५ हजार, चाँदीका गहना (५० तोला) रु. १ लाख,सुनका गहना (१.५ तोला) रु. २ लाख,अन्नपात रु. २ लाख र साइकल ३ थान गरी जम्मा रु. १५ लाख बराबरको अनुमानित क्षति भएको हो ।
सो “कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले हालमा प्रतिकूल मौसमी परिस्थितिको नगरवासीहरूलाई सचेत रहन आग्रह गर्नुभएको हो । उहाँले विशेषगरी हावाहुरीजस्ता प्राकृतिक विपत्तिबाट सम्भावित क्षति न्यूनीकरण गर्न सतर्कता अपनाउन सबैमा अनुरोध गर्नुभएको हो । साथै आगलागीबाट पीडित भएका भरत साहलाई तत्काल राहतस्वरूप २५ केजीका दुई बोरा चामल, ५ केजीको एक प्याकेट मुरही, २५ केजीको एक बोरा चिउरा तथा भान्सामा आवश्यक अन्य सामग्रीहरू उपलब्ध गराएको हो ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...