img

कञ्चनरुपमा भीषण आगलागी: गोठसँगै गाई जलेर नष्ट


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,२ चैत्र । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका-४ कबिलासामा भीषण आगलागीमा भागवत विश्वासको एक गोठसँगै गाई जलेर नष्ट भएको हाे ।
शनिबार साँझ करिब ५ बजेको समयमा स्थानीय भागवत विश्वासको गोठमा घुर बालेको अवस्थामा अचानक आगो सल्किँदा गोठसहित गाई आगोको चपेटामा परेका हाे ।
साे घटनास्थलमा रहेका स्थानीय बासिन्दाले आगो नियन्त्रणमा ल्याउने प्रयास गरे तापनि आगो तीव्र गतिमा फैलिँदा केही क्षणमै गोठ पूर्ण रूपमा ध्वस्त भएको कञ्चनरुप नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जाेगेन्द्र पासवानले बताए ।
साे प्रहरी र स्थानीय प्रशासन घटनास्थलमा पुगेर आगलागीको कारण र क्षतिको विवरण संकलन गर्ने कार्य जारी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हाे । 


प्रतिक्रिया दिनुहोस् ।