img

अन्नपूर्ण बहुमुखी क्याम्पसका तीन विद्यार्थीलाई स्वर्णपदक सम्मान

शैक्षिक उत्कृष्टता: पविना, स्युटी र विश्वनाथले जिते स्वर्णपदक ।

अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी)२ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८, कञ्चनपुर बेरियर स्थित अन्नपूर्ण बहुमुखी क्याम्पसका तीन जना विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक प्राप्त गरेकी छिन् ।

वि.सं. २०७४ सालको व्यवस्थापन संकाय (बिबिएस) को ब्याच टपर भएकी पविना यादवले चण्डीप्रसाद रिजाल स्वर्णपदक गर्दै ।
वि.सं. २०७४ सालको व्यवस्थापन संकाय (बिबिएस) को ब्याच टपर भएकी पविना यादवले चण्डीप्रसाद रिजाल स्वर्णपदक गर्दै ।

सो स्वर्णपदक प्राप्त गर्ने विद्यार्थीहरुमा पविना यादव वि.सं. २०७४ सालको व्यवस्थापन संकाय (बिबिएस) को ब्याच टपर भएकी पविनाले चण्डीप्रसाद रिजाल स्वर्णपदक,वि.सं. २०७६ सालको व्यवस्थापन संकाय (बिबिएस)को ब्याच टपर भएकी स्युटी कुमारीले पनि चण्डीप्रसाद रिजाल स्वर्णपदक र वि.सं. २०७६ सालको शिक्षा संकाय (बिबिएस)को ब्याच टपर भएका विश्वनाथ न्यौपानेले बेदाचार्य सितौला स्वर्णपदक प्राप्त गरकी छिन ।

अन्नपूर्ण क्याम्पसका विद्यार्थीको उत्कृष्ट प्रदर्शन, राष्ट्रिय स्तरमा सम्मान
अन्नपूर्ण क्याम्पसका विद्यार्थीको उत्कृष्ट प्रदर्शन, राष्ट्रिय स्तरमा सम्मान

सो अन्नपूर्ण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुदम्बर यादवले,भने उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई क्याम्पस परिवार तथा सम्पूर्ण शैक्षिक क्षेत्रबाट बधाई तथा उज्जवल भविष्यको शुभकामना दिएका छन् ।
उनले भने, “हाम्रो क्याम्पसका विद्यार्थीहरूले राष्ट्रिय स्तरमा उत्कृष्ट उपलब्धि हासिल गरिरहनु हाम्रा लागि गौरवको कुरा हो। विद्यार्थीहरूको मेहनत, क्याम्पसको शैक्षिक गुणस्तर र शिक्षकमण्डलको मार्गदर्शनकै कारण यस्तो उपलब्धि सम्भव भएको हो । आगामी दिनहरूमा विद्यार्थीहरूको शैक्षिक गुणस्तर अझै बढाउन हामी प्रतिबद्ध छौ ं।“

विद्यार्थीहरूका उपलब्धिले क्याम्पसको प्रतिष्ठा बढ्दै
अन्नपूर्ण बहुमुखी क्याम्पसबाट यसअघि पनि थुप्रै विद्यार्थीहरूले उत्कृष्ट अकादमिक प्रदर्शन गर्दै विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । क्याम्पसका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्दै आएको तथ्यले संस्थाको गुणस्तरीय शिक्षा प्रणालीलाई प्रमाणित गर्छ ।

सो पूर्वाञ्चल विश्वविघालयले २०८१ फागुन २७ गते आयोजना गरेको १३ औं दीक्षान्त समारोहमा शैक्षिक उत्कृष्टता गरे वापत पविना, स्युटी र विश्वनाथलाई स्वर्णपदक प्रदान गरेकाे हाे ।

विद्यार्थीहरूलाई उच्च शिक्षामा प्रोत्साहित गर्न यस्ता पुरस्कार तथा सम्मानहरूले महत्वपूर्ण भूमिका खेल्ने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्। क्याम्पस प्रमुख यादवका अनुसार, आगामी दिनहरूमा विद्यार्थीहरूलाई अझ बढी अवसर प्रदान गर्न विभिन्न प्रोत्साहन योजनाहरू ल्याउने तयारी भइरहेको हो ।

उत्कृष्ट विद्यार्थीहरूका लागि प्रेरणा
स्वर्णपदक विजेता विद्यार्थीहरूले आफ्नो मेहनत, लगनशीलता र निरन्तर प्रयासको कारण यो उपलब्धि हासिल गरेका हुन्। उनीहरूले क्याम्पसलाई मात्र होइन, सम्पूर्ण सप्तरी जिल्लालाई गौरवान्वित बनाएका छन्।
शैक्षिक क्षेत्रका विज्ञहरूका अनुसार, यस्ता उपलब्धिहरूले भविष्यका विद्यार्थीहरूलाई पनि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्छ। क्याम्पस प्रशासनले उत्कृष्ट विद्यार्थीहरूको पहिचान गरी आगामी दिनमा थप सुविधासहित छात्रवृत्ति कार्यक्रम ल्याउने योजना बनाइरहेको जानकारी दिएको हो ।

उक्त अन्नपूर्ण बहुमुखी क्याम्पसका विद्यार्थीहरूले प्राप्त गरेको स्वर्णपदकले सप्तरी जिल्लाका अन्य शैक्षिक संस्थाहरूलाई पनि उत्कृष्ट शिक्षण पद्धति अवलम्बन गर्न प्रेरित गर्ने विश्वास गरिएको छ। विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र क्याम्पसको प्रभावकारी शिक्षण प्रणालीकै कारण यस्ता उत्कृष्ट उपलब्धिहरू हासिल भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस् ।