img

मेयर कप क्रिकेटले सप्तरीका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने ः नगर प्रमुख गुप्ता

कञ्चनरूप मेयर कपको उपाधी राजबिराजको कब्जा

अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी), २४ फागुन । कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले कञ्चनरूप नगरपालिकाद्वारा सञ्चालित ‘पालिकास्तरीय मेयर कप क्रिकेट प्रतियोगिता’ खेलाडीहरूका लागि ठूलो अवसर बन्ने बताएका हो् ।

कञ्चनरूप मेयर कप ः उपबिजेता सुरूगां नगरपालिकाका खेलाडीसँग कंचनरूप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, सुरूगां नगरपालिका गिता चौैधरीलगायत अतिथिहरू ।
उपबिजेता सुरूगां नगरपालिकाका खेलाडीसँग कंचनरूप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, सुरूगां नगरपालिकाकी नगरप्र मुखगिता चौैधरीलगायत अतिथिहरू ।

शनिबार रुपनगरको खैरबोना खेलमैदानमा आयोजित प्रतियोगिताको दोस्रो सिजनको फाइनल खेल तथा समापन समारोहमा बोल्दै उनले भने,̵ प्रतियोगिताले सप्तरीका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गरेको हो ।
कञ्चनरूप नगरपालिकाका नगर प्रमुख गुप्ताले राजबिराज नगरपालिका तथा सुरूगां नगरपालिका नभई सप्तरीको १८ वटै पालिकाका खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा आपनो स्थान बनाउनका लागि शुभकामना दिएको हो ।

कञ्चनरूप नगरपालिकाद्वारा संचालित पालिकास्तरिय मेयर कप ः दोस्रो सिजनको उपाधी राजबिराज नगरपालिकाले सुरूगां नगरपालिकालाई ३७ रनले पराजित गर्दै उपाधी माथि कब्जा जमाएको हाे ।

राजबिराज नगरपालिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछयाउने क्रममा सुरूगां नगरपालिकाले १८ ओभर १ बलमा सबै बिकेट गुमाएर १ सय ७ रन मै सिमित भएको थियो।
जसमा शंभु मण्डल र जेनिष पासवानले २१/२१ रन बनाएका थिए, यसैगरी ओमप्रकाश चौधरी २० रन र कर्ण बहादुर बिकले १५ रन बनाएपनि टिमको लागी जित प्रयाप्त भएन।
बलिंग तर्फ राजबिराजका अभिषेक कार्की ४ बिकेट, नितेश यादब ३ बिकेट सोहिल आलम, मोहम्मद सकिम, बिकास दासले १/१ बिकेट हात पारेका थिए।

कञ्चनरूप मेयर कप उपाधि लागि राजबिराज नगरपालिका र सुरूगां नगरपालिकाका खेलाडीहरू खेलमैदानमा ।
कञ्चनरूप मेयर कप उपाधि लागि राजबिराज नगरपालिका र सुरूगां नगरपालिकाका खेलाडीहरू एक अापसमा खेल्दैं खेलमैदानमा ।

शनिवार राजबिराज नगरपालिका र सुरूगां नगरपालिका बिच भएको फाईनल खेलमा टस जितेर राजबिराजले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा १९ ओभर ६ बलमा सबै बिकेट गुमाई १ सय ४४ रनको योगफल खडा गरेका थिए।
जसमा बिकास दासले उत्कृष्ट ब्याटिगं गर्दै ५ छक्का र २ चौक्काको मदतले ४१ रन बनाएका थिए। त्यस्तै नितेश यादब १९ रन, सदाम आलम १८ रन, बिजय यादब १६ रन जोडेका थिए।
बलिंग तर्फ सुरूगांका शंभु मण्डल र बिकेश चौधरी ३/३ बिकेट र ओम प्रकाश चौधरीले २ बिकेट तथा कर्ण बहादुर बिकले १ बिकेट लिएका थिए।
खेलको प्लेयर अफ द फाईनल अभिषेक कार्की घोषित भएका थिए।
उक्त खेलमा प्लेयर अफ दि सिरिज राजबिराजका बिकास दास, बेस्ट बलर सुरूगां नगरपालिकाका बिकेश चौधरी, बेस्ट ब्याटर हनुमाननगर कंकालनीका गोमान्नद अमात्य तथा अनुसासित टिम तिलाठीकोईलाडी गाउपालिका घोषित भएको छ।

कंचनरूप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले सुरूगां नगरपालिकाकी नगरप्रमुख गिता चौैधरीलाइ मायाकाे चिनाे प्रदान गर्दैं ।
कंचनरूप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले सुरूगां नगरपालिकाकी नगरप्रमुख गिता चौैधरीलाइ मायाकाे चिनाे प्रदान गर्दैं ।

उक्त अवसरमा बिजेता तथा उपबिजेतालाई कंचनरूप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, सुरूगां नगरपालिकाकी नगरप्रमुख गिता चौैधरी, कंचनरूप नगरपालिका उपप्रमुख मुन्ना कुमारी पोखरेल, कंचनरूप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, सुरूगां नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल कुमार पासवान, सुरूगां नगरपालिका वडा ९ का वडा अध्यक्ष सन्त यादब, ईन्जिनियर ईन्द्र नारायण चौधरी लगायतले शिल्ड, कप, मेडेल, प्रमाणपत्र प्रदान गरेका थिएकाे हाे ।

कञ्चनरूप मेयर कपमा सुरूगां नगरपालिका कप्तान कुन्दन पासवान उत्कृष्ट प्रर्दशन गरे ।
कञ्चनरूप मेयर कपमा सुरूगां नगरपालिका कप्तान कुन्दन पासवान उत्कृष्ट प्रर्दशन गरे ।

उक्त प्रतियोगितामा कंचनरूप नगरपालिकाको आयोजना तथा सप्तरी क्रिकेट सँघको समन्वयमा जिल्लाको ९ वटा पालिकाले सहभागिता रहेको थियो ।
उपाधी सँगै राजबिराज नगरपालिकाले १ लाख १ हजार र उपबिजेता सुरूगां नगरपालिकाले ५५ हजार नगद प्राप्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस् ।