img

तिब्र गतिमा गुडिरहेको बसको टायर पड्किँदा यात्रु घाइते


अपूर्व न्यूज समाचारदाता
कञ्चनपुर (सप्तरी), २१ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित बेरियर लोकराजमार्गमा आज बिहान तिब्र गतिमा गुडिरहेको यात्रुबाहक बसको टायर पड्किँदा यात्रुहरू सामान्य रूपमा घाइते भएका हाे ।

दुर्घटना ग्रस्त को.१ ख.४२४२ नम्बरको ‘माँ श्री सीता एक्सप्रेस’ बस
दुर्घटना ग्रस्त को.१ ख.४२४२ नम्बरको ‘माँ श्री सीता एक्सप्रेस’ बस

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विराटनगरबाट सिराहामाडरतर्फ जाँदै गरेको को.१ ख.४२४२ नम्बरको ‘माँ श्री सीता एक्सप्रेस’ बस बिहान ७:१५ बजे अचानक अगाडिको टायर पड्किँदा दुर्घटनामा परेको हो। बसमा रहेका यात्रुहरूलाई सामान्य चोटपटक लागेको छ। प्रहरीका अनुसार बस तीव्र गतिमा रहेको र टायर पड्केपछि अचानक असन्तुलित भएपछि दुर्घटना हुनबाट जोगिएको हो। घटनापछि स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको सहयोगमा यात्रुहरूलाई सकुशल उद्दार गरिएको छ।
हाल घटनास्थलमा प्रहरी टोली खटिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस् ।