img

कञ्चनरूप मेयर कपः तिलाठी कोईलाडी र बोदेबरसाईन नगरपालिकाको शानदार जीत

तिलाठी कोईलाडी गाउँपालिका र रूपनी गाउँपालिकाका कप्तानसहित रेफरी ।

अपूर्व न्यूज समाचारदाता
कञ्चनपुर (सप्तरी), २० फागुन । सप्तरीको कञ्चनरूप नगरपालिकाद्वारा आयोजित “पालिकास्तरीय मेयर कप“ क्रिकेट प्रतियोगिताको दोस्रो सिजनमा तिलाठी कोईलाडी गाउँपालिका र बोदेबरसाईन नगरपालिका विजयी भएका छन्।

पहिलो खेलः तिलाठी कोईलाडीको सहज जीत
मंगलवार सम्पन्न पहिलो खेलमा तिलाठी कोईलाडी गाउँपालिकाले रूपनी गाउँपालिकालाई ७ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेकाे हाे ।

अाज भएकाे खेलकाे नतिजा

रूपनी गाउँपालिकाले टस जितेर पहिला ब्याटिङ गर्यो। १४ ओभर १ बलमा ११२ रनको लक्ष्य खडा गरेको थियो।
सो रूपनी गाउँपालिकाको अनोज यादव – ४१ रन,अशोक मेहता – १३ रन र महेश माझी – १२ रन लिएको हो ।

तिलाठीका बलरहरूको उत्कृष्ट प्रदर्शनः
बिष्णु मण्डल – ४ विकेट,धिरज मण्डल – ३ विकेट,उज्जवल झा – २ विकेट र विशाल शर्मा – २ विकेट
जवाफमा तिलाठी कोईलाडीले मात्र १२.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै सहज जित हात पारेको हो ।
सो तिलाठी गाउँपालिकाको धिरज मण्डल – ४१ रन (उत्कृष्ट ब्याटिङ),प्रकाश मण्डल – ३३ रन,अमित मण्डल – १७ रन (अविजित) रहेका छन् । सो खेलमा तिलाठी कोईलाडीका प्लेयर अफ द म्याच धिरज मण्डल घोषित हुन ।

दोस्रो खेल ः बोदेबरसाईनले २३ रनले जित्यो
सो दोस्रो खेलमा बोदेबरसाईन नगरपालिकाले हनुमाननगर कंकालनी नगरपालिकालाई २३ रनले पराजित गरेकाे हाे।
बोदेबरसाईनले टस जितेर पहिला ब्याटिङ गर्दै १५ ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको हो ।
बोदेबरसाईनले बब्बु गोठिया – ३९ रन,दिपरंजन यादव – २९ रन (अविजित) र अनबारूल हक – २१ रन,
दिनानाथ यादव – १२ रन (अविजित) लिएको हो ।

हनुमाननगरका बलरहरूको प्रदर्शन ः
हनुमाननगरले बादल मुखिया – ४ विकेट,सत्य नारायण राउत – २ विकेट,सौरभ झा – १ विकेट र ब्रज किसोर यादव – १ विकेट लिएको हो ।
जवाफमा हनुमाननगरले १५ ओभरमा ७ विकेट गुमाएर मात्र १०८ रन बनाउन सफल भयो ।
सो गोमान्नद अमात्य – ३५ रन,सन्त खड्का – ३० रन र प्रज्वल झा – १२ रन लिएको हो । सो खेलमा बोदेबरसाईनका प्लेयर अफ द म्याच बिक्की यादव घोषित भएका हुन ।
सो कञ्चनरूप मेयर कपको दोस्रो सिजन रोमाञ्चक बन्दै गएको छ । तिलाठी कोईलाडी र बोदेबरसाईन नगरपालिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै सेमिफाइनलतर्फ बलियो दावेदारी प्रस्तुत गरेका छन् । आगामी खेलहरू अझ रोचक हुने अपेक्षा रहेको आयोजक समितिका आकाश गुप्ताले जानकारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस् ।