img

नागरिकको स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्नुपर्छ : राष्ट्रपति पौडेल


काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना अनुसार प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुनुपर्नेमा जोड दिनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेललेस्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न सरकार तथा सरोकारवाला पक्षले विशेष ध्यान दिनुपर्ने हो ।

नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दक्ष तथा विज्ञ चिकित्सक उत्पादनमा राष्ट्रले गरेको लगानी संविधानको मर्मअनुरूप रहेको बताउनुभयो। उहाँले चिकित्सकहरूलाई पेशालाई सेवा भावले ग्रहण गर्न आग्रह गर्दै भन्नुभयो, “संविधानले सुनिश्चित गरेको स्वास्थ्य अधिकारलाई आत्मसात गर्दै चिकित्सकहरूले समाजसेवाको दृष्टिकोणले कार्य गर्ने विश्वास लिएको छु ।

नेपाल चिकित्सक सङ्घ

राष्ट्रपति पौडेलले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनताले लामो सङ्घर्ष, त्याग र बलिदान गरेको उल्लेख गर्दै, संविधानले नागरिकका लागि स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताहरूको प्रत्याभूति गरेको स्पष्ट पार्नुभयो। तर, अझै पनि देशका दुर्गम क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले दक्ष तथा अनुभवी चिकित्सकहरूलाई ग्रामीण भेगसम्म सेवा पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवाको समग्र सुधारका लागि सबै क्षेत्रबाट योगदान आवश्यक रहेको बताउँदै भन्नुभयो, “आजको विशेष अवसरमा म सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा योगदान गर्न आह्वान गर्दछु।“

राष्ट्रपति पौडेलले हाल नेपालमै स्तरीय स्वास्थ्य सेवा प्रवाह हुन थालेको सकारात्मक संकेत भए पनि चिकित्सक विदेशिने क्रम तीव्र बनेको चिन्ताजनक रहेको बताउनुभयो। स्वास्थ्य सेवाको सुधारसँगै पर्याप्त अवसर सिर्जना गर्न नसक्दा दक्ष जनशक्ति बाहिरिन बाध्य भइरहेको भन्दै यस समस्याको समाधानका लागि सम्बद्ध निकायहरूले प्रभावकारी कदम चाल्नुपर्ने उहाँको धारणा थियो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा सुधार हुँदै गएको छ, तर पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ ।

यो रोक्न सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।
राष्ट्रपति पौडेलले नेपाल चिकित्सक सङ्घको भूमिका आगामी दिनमा अझ प्रभावकारी बन्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गुणस्तरीय सेवा सुनिश्चित गर्न सङ्घले नीति निर्माणदेखि कार्यान्वयनसम्म महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
सो कार्यक्रमको अवसरमा राष्ट्रपति पौडेलले चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पु¥याएका वरिष्ठ चिकित्सकहरू डा. गौरीशङ्करलाल दास, डा. मृग्रेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गङ्गोल, डा. डिबी कार्की र डा. सरस्वती पाध्याय लाई ’लिजेन्ड इन मेडिसिन’ सम्मान प्रदान गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस् ।