img

राउत मेहतर समुदायको समृद्धि र अधिकारका लागि अन्तरक्रिया: घरधुरी सर्वेक्षणका निचोडमा गम्भीर छलफल


अपूर्व न्यूज समाचारदाता ।
मिर्चैया(सिरहा) १० फागुन । सिरहाको मिर्चैयामा राउत मेहतर समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा रोजगारी अवस्थाका विषयमा गहन छलफल गर्न दुईदिने अन्तरक्रिया कार्यक्रम गरिएको हाे ।

आयाेजक

शनिबार दलित सरोकार मञ्च नेपाल, सप्तरी र नेपाल राउत मेहतर उत्थान समाज राजविराजको संयुक्त पहलमा राउत मेहतर समुदायले शिक्षामा पहुँच, रोजगारीका अवसर, सरकारी तथा गैरसरकारी सेवासुविधा, सामाजिक विभेद तथा आर्थिक सशक्तीकरणको विषयमा विस्तृत छलफल गरिएको हाे । साे अन्तरक्रिया कार्यक्रममा समुदायको वास्तविक अवस्था बुझ्न गरिएको घरधुरी सर्वेक्षणका निष्कर्षलाई गहन रूपमा विश्लेषण गर्दै व्यावहारिक समाधानका उपायहरू पता लगाएको हाे ।
साे दुई दिने अन्तरक्रिया कार्यक्रममा दलित सरोकार मञ्च नेपाल, सप्तरीका कार्यकारी निर्देशक भोला पासवानले,भने “राउत मेहतर समुदायको समग्र उत्थानका लागि नीतिगत सुधार, अवसरहरूको पहिचान र अधिकारको सुनिश्चितता गर्न ठोस योजना आवश्यक छ। यो अन्तरक्रिया नीति निर्माण तहसम्म प्रभाव पार्नेछ।”

शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधारका लागि पहल
नेपाल राउत मेहतर उत्थान समाजका अध्यक्ष मनाेज मेहतरले भने,”समुदायको वास्तविक अवस्था थाहा पाउन गरिएको घरधुरी सर्वेक्षण एक महत्वपूर्ण कदम हो। अब यी निचोडहरूका आधारमा समुदायको विकासका लागि ठोस कदम चाल्न जरुरी छ।”
कार्यक्रममा सहभागी अगुवाहरूले समुदायले भोग्दै आएका समस्याहरूको यथार्थपरक समीक्षा गर्दै नीतिगत सुधारका लागि आवश्यक रणनीति तय गर्नेछन्। विशेष गरी शिक्षामा पहुँच अभिवृद्धि, रोजगारीका अवसर सिर्जना, सरकारी सेवामा प्रतिनिधित्व वृद्धि तथा सामाजिक सुरक्षाका उपायहरू विषयमा ठोस सिफारिसहरू तयार गरिएकाे हाे ।

सरकार र नीति निर्माताहरूको ध्यानाकर्षण
साे अन्तरक्रिया कार्यक्रममा सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सरोकारवालाहरूलाई राउत मेहतर समुदायलाई समावेशी विकासको मूल प्रवाहमा ल्याउन नीति निर्माताहरूलाई प्रभावकारी ढंगले सचेत गराएकाे हाे ।
साे अन्तरक्रियाले राउत मेहतर समुदायको भविष्यलाई समृद्ध बनाउने दिशामा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको हाे ।


प्रतिक्रिया दिनुहोस् ।