काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्ने भएका छन्। संघीयता कार्यान्वयन, विकासका प्राथमिकता, र समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले प्रदेश प्रमुखहरूसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट अाज दिउँसो १ बजे हुने उक्त बैठकमा प्रदेश सरकारहरूको चालू कार्यक्रम, विकास परियोजनाहरूको प्रगतिसहित कोभिडपछिको आर्थिक पुनरुत्थान र सेवा प्रवाहका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
संवादका क्रममा संघीय सरकार र प्रदेश सरकारबीचको समन्वयलाई अझ मजबुत बनाउने, बजेट कार्यान्वयनमा देखिएका अवरोध हटाउने, नीति निर्माणमा सहकार्यलाई प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिइने छ।
यस भर्चुअल बैठकले संघीयता कार्यान्वयनको अवस्था समीक्षा गर्दै सरकारका प्राथमिकताहरू पुनः निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।