img

लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट राससकर्मी यादव र उमासिंह वातावरणिय पत्रकारिता पुरस्कारबाट दर्जी पुरस्कृत

पुरस्कृत पत्रकारद्धय राससकर्मी अरुण यादव र हिमाल खबरकी अर्चना परियार ।

अपूर्व न्यूज समाचारदाता ।
राजविराज, २७ पुस । ३१ औ लोकेन्द्र स्मृतिको अवसरमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष राससकर्मी अरुणकुमार यादव र उमासिंह वातावरणिय पत्रकारिता पुरस्कारबाट सप्तरीबाट पत्रकारिता गर्दै हिमाल खबरमा आबद्ध रहकी अर्चना परियार दर्जी पुरस्कृत भएकी छिन ।

२९ औ लोकेन्द्र पत्रकारिता पुरस्कार सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघ सभा हलमा आयोजित कार्यक्रममा पुरस्कृत पत्रकारद्धय यादव र अर्चना परियारसहित अतिथिहरु ।
२९ औ लोकेन्द्र पत्रकारिता पुरस्कार राजविराजस्थित नेपाल पत्रकार महासंघ सभा हलमा आयोजित कार्यक्रममा पुरस्कृत पत्रकारद्धय यादव र अर्चना परियारसहित अतिथिहरु ।

शुक्रबार पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्व.पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति एवं सम्मानमा स्थापना गरीएको उक्त २९ औ लोकेन्द्र पत्रकारिता पुरस्कार सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघ सभा हलमा आयोजित कार्यक्रममा सप्तरीलाई कार्यक्षेत्र बनाई बिगत १६ बर्षदेखि इमान्दार,निस्ठा कर्मठ र निर्भिक पत्रकारिता गर्दै आएका यादवलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य समेत रहेका यादव बिगत १० बर्षदेखि नेपाल सरकारको आधिकारीक मिडिया राष्ट्रिय समाचार समिति(रासस)मा समाचारदाताका रुपमा कार्यरत हुनुहुन्छ ।

उमासिंह वातावरणिय पत्रकारिता पुरस्कार सप्तरीबाट पत्रकारिता गर्दै आएकी अर्चना परियार दर्जीले पुरस्कार ग्रहण गर्दै ।

कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले पुरस्कृत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ सकरदही बस्ने पत्रकार यादवलाई नगद रू ५ हजार ५ र कदरपत्र सहित सम्मान पत्र प्रदान गरिएको हाे ।
यस्तै सोही कार्यक्रममा आजको वातावरण पत्रिकाले प्रत्येक वर्षको प्रदान गर्दै आएको उमासिंह वातावरणिय पुरस्कारबाट सप्तरीबाट पत्रकारिता गर्दै आएकी अर्चना परियार दर्जीलाई प्रदान गरेको हो ।
उनलाई पत्रिकाको प्रकाशक बैद्यनाथ झाले सम्मान पत्र सहित नगद रु एक हजार १ सय ५ र कदरपत्र सहित सम्मान पत्र प्रदान गरिएको हाे ।
सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका वडा नं. ४ बलार्दह निवासी अर्चना दर्जी नेपाली पत्रकारिता क्षेत्रकी एक मेहनती र प्रतिबद्ध व्यक्तित्व हुन् । पत्रकारिता क्षेत्रमा विगत ८ वर्षभन्दा लामो समयदेखि सक्रिय परियारले आफ्नो यात्रा रेडियो जय मधेसबाट सुरु गरेकी हुन् । स्थानीय स्तरमा रेडियो मार्फत महिला,दलित तथा युवाहरुको आवाज बुलन्द गर्दै उनले पत्रकारिताको महत्वलाई व्यापक रूपमा बुझेकी छिन् ।

रेडियो जय मधेसमा काम गरेपछि परियारले अनलाइन पत्रकारितामा आफ्नो पाइला अगाडि बढाइन् । त्यसपछि उनले रौतहटको मौलापुर एफएममा काम गर्दै स्थानीय र क्षेत्रीय मुद्दाहरूलाई प्राथमिकता दिन थालिन् ।

पत्रकारिताको क्रममा उनले विभिन्न अनलाइन मिडियाहरूमा योगदान पु¥याउँदै जनताको आवाज र समस्याहरूलाई उजागर गर्ने काम गरिरहेकी छिन् ।
हाल अर्चना दर्जी परियार हिमाल खबरमा कार्यरत छिन् । आफ्नो लेखन र पत्रकारितामार्फत उनले राष्ट्रिय तथा स्थानीय स्तरका विविध सिमान्तकृत,अल्पसंख्यक दलित समुदायको सामाजिक, आर्थिक, र राजनीतिक विषयवस्तुहरूलाई प्रभावकारी ढंगले उठाउँदै आएकी छिन् । स्पष्ट दृष्टिकोण, तथ्यमा आधारित रिपोर्टिङ, र इमान्दारिता उनको पत्रकारिताको विशेषता हो ।
अर्चना परियारले नेपाली पत्रकारिता क्षेत्रमा योगदान पु¥याउँदै महिलाहरूका लागि प्रेरणाको स्रोत बन्न सफल भएकी छिन् । उनको योगदानले मात्र नभई समाजको परिवर्तनमा पत्रकारिताको भूमिकालाई अझ बलियो बनाउन उनको लगनशीलता र प्रतिबद्धता प्रशंसनीय छ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि जनकपुर राजविराज उच्च अदालतका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले पत्रकारको सत्यतथ्य ,स्वतन्त्र र निश्पक्ष स्वतन्त्रत कलमलाई नियन्त्रण गर्ने काम कसैले गर्न नहुने बताउनुभएको छ ।

नवीन साप्ताहिकबाट पत्रकारिता शुरू गरेका लोकेन्द्र दृष्टि साप्ताहिक, सगरमाथा आवाज साप्ताहिक गरि विभिन्न संचार माध्यममा कलम चलाउदै आएका थिए ।
पुरस्कारको घोषणा पुरस्कार छनौट समिताका संयोजक मुरली प्रसाद यादवले गरेका थिए । कार्यक्रममा अग्रज पत्रकार तथा लोकेन्द्र बुढाथोकीको सहकर्मी मनोहर पोखरेलले उनको जिवनी माथि प्रकाश पारेका थिए ।
नेपाल पत्रकार महासंघको अध्यक्ष श्रवण कुमार देवकको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय राजु विश्वकर्मा,ललिता साह,नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष धिरेन्द्र साह,विष्णु कुमार मण्डल,मुरली प्रसाद यादव,वैद्यनाथ झा, प्रेस युनियनका अध्यक्ष विनयलाल कर्ण ,प्रेस मञ्चका अध्यक्ष भुषण सिँह,प्रेस समाजवादी संगठनका अध्यक्ष अनिल पोखरेल, प्रेस संगठनका अध्यक्ष बिन्दु यादव ,वरिष्ठ पत्रकार अनिल अनल लगायतले आआफ्ना धारणा राखेका थिए । स्वागत मन्तब्य भने नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामनारायण बिश्वासले गर्नुभएको थियो भने कार्यक्रम संचालन सह–सचिव डम्बर राईले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।