img

कञ्चनरुपमा राजमार्ग अवरुद्ध: दोषीलाई कारबाहीको माग


कञ्चनपुर(सप्तरी), ८ पुस । नेपाली प्रिमियर लिग (एनपीएल) फाइनल खेलपछि जनकपुर बोल्ड्सका समर्थकहरूमाथि गरिएको दुर्व्यवहार र हातपातको घटनाप्रति कञ्चनरुपका युवाहरुले विरोधमा राजमार्ग अवरुद्व गरेको हाे ।
घटनाविरुद्ध सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित कञ्चनपुरका युवाहरूले सोमबार राजमार्ग एक घण्टासम्म अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेकाे हाे ।
प्रदर्शनकारीहरूले दोषीमाथि तत्काल कडा कारबाहीको माग गरेका छन्। “नागरिकमाथि भइरहने विभेद र अपमान अब सह्य छैन। दोषीलाई सजाय दिनुपर्छ, नत्र आन्दोलन देशभर फैलिनेछ,” प्रदर्शनमा रहेका स्थानीय युवा इन्द्रदेव सिंहले भने।
युवाहरूले धोतीलाई मधेसी पहिचानको प्रतीकका रूपमा अघि सार्दै ‘धोती हाम्रो पहिचान हो, नस्लवादी चिन्तन मुर्दाबाद, मधेसी एकता जिन्दाबाद’ जस्ता नारा लगाएका छन्। प्रदर्शनकारीहरूले मधेसको स्वाभिमान र पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको बताएका छन्।

स्थानीय युवा दयाराम पासवानले भने, “ दोषीलाई कडा कारबाही भएन भने आन्दोलन काठमाडौंसम्म पुग्नेछ र झन् उग्र रूप लिनेछ।

हाम्रो आवाज देशका हरेक कुनामा पुर्‍याउन हामी कटिबद्ध छौँ।”
मधेस विरोधी आन्दोलन अहिले मधेसका अन्य जिल्लाहरूमा पनि फैलिँदै गएको छ। प्रदर्शनकारीहरूले जातीय र क्षेत्रीय पहिचानका विरुद्ध भइरहेको अपमानलाई मधेसको अस्तित्वमाथिको चुनौतीका रूपमा व्याख्या गरेका छन्।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780