img

मधेस प्रदेशका गृहमन्त्री लेखीलाई भूमिगत समूहको धम्की

पत्रकार आचारसंहिता सम्बन्धि गोष्ठीमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखी सान्दर्भिक विचार राख्दैं ।

जनकपुर , १४ मंसिर । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाले ‘तह लगाइदिने’ धम्की दिएको खुलासा भएको छ। मन्त्री लेखीले शुक्रबार पत्रकार सम्मेलनमार्फत आफूलाई उक्त समूहका संयोजक जयकृष्ण यादवले ह्वाट्सएपमा फोन गरी धम्की दिएको जानकारी गराएका छन्।
मन्त्री लेखीका अनुसार यादवले तीनपटक फोन गरेर आर्थिक सहयोग मागेका थिए। जब मन्त्री लेखीले सहयोग गर्न अस्वीकार गरे, यादवले उनलाई ‘तह लगाउँछु’ भनी धम्क्याएका थिए।

मन्त्री लेखीले भने, “सरकारको पैसा अपराधीलाई दिन सकिँदैन। म कुनै दबाबमा झुक्दिनँ।”

उक्त समूहले तराईमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको र यादवसँग कुनै समय आफ्नो राजनीतिक सहकार्य भए पनि आपराधिक गतिविधिमा लागेपछि सम्पर्क टुटेको मन्त्री लेखीले बताए। सप्तरीका यादव र लेखी एमालेमा रहँदा सँगै राजनीति गर्थे। यादव सप्तरीका तत्कालीन अध्यक्ष हुँदा लेखी काठमाडौं–सप्तरी जनसम्पर्क मञ्चका नेता थिए।
सुरक्षा चुनौतीबारे छलफल
यस घटनाले मधेस प्रदेशको सुरक्षा अवस्था थप जटिल भएको छ। मन्त्री लेखीले सुरक्षा समन्वय बैठकमा यो मुद्दामा गम्भीर छलफल गरेका छन्। उनले सुरक्षा अधिकारीहरूलाई कडा निर्देशन दिँदै भने, “मधेसमा शान्ति र सुरक्षा कायम गर्न असफल भएकालाई कारबाही गरिनेछ। जनताले सुरक्षित वातावरणमा बाँच्न पाउनुपर्छ।”
बैठकमा मधेस प्रदेशको सुरक्षा अवस्थाबारे व्यापक समीक्षा गरियो। स्रोतका अनुसार मन्त्री लेखीले सुरक्षा अधिकारीहरूलाई आपराधिक गतिविधिमा संलग्न समूहहरूलाई नियन्त्रणमा लिन तत्काल कडा कदम चाल्न निर्देशन दिएका छन्।

जनतामा त्रास बढ्दै
मधेस प्रदेशमा पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएपछि जनतामा त्रास फैलिएको छ। मन्त्री लेखीमाथि आएको धम्कीले सुरक्षा निकायलाई थप सक्रिय बनाउनु आवश्यक भएको देखिन्छ। जनताको शान्ति र सुरक्षामा कुनै सम्झौता नगर्ने मन्त्री लेखीको अडानले सकारात्मक संकेत दिएको छ।
यस घटनाले प्रदेश सरकारले सुरक्षा व्यवस्था बलियो बनाउनका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780