img

शिक्षाविद् स्वर्गीय तारणी प्रसाद साहको योगदानलाई स्मरण गर्दै स्व. तारणी स्मृति अक्षयकोष स्थापना

स्वर्गीय तारणी स्मृति अक्षयकोष स्थापना कार्यक्रममा प्रमुख अतिथि,अतिथिगणहरु ।

अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी) २५ कार्तिक । शिक्षाविद् र पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहको सम्झनामा श्री पब्लिक आधारभूत विद्यालय, कञ्चनरुप नगरपालिका–८, कञ्चनपुरमा स्वर्गीय तारणी स्मृति अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको हो ।

स्वर्गीय तारणी प्रसाद साहुको धर्मपत्नी चन्द्रकला देवी साहले १ लाख ५१ हजार रुपैंया विघालयका प्रधानाध्यापक विजेन्द्र शर्मालाई नगद हस्तान्तरण गर्दै ।
स्वर्गीय तारणी प्रसाद साहुको धर्मपत्नी चन्द्रकला देवी साहले १ लाख ५१ हजार रुपैंया विघालयका प्रधानाध्यापक विजेन्द्र शर्मालाई नगद हस्तान्तरण गर्दै ।

आईतबार विद्यालयमा सप्तरीकाे कञ्चनरुप नगरपालिका–८, कञ्चनपुर निवासी शिक्षा क्षेत्रमा लामो समय योगदान पु¥याएका स्वर्गीय साहको योगदानलाई स्मरण गर्दै स्वर्गीय तारणी प्रसाद साहको धर्मपत्नी,छोरा,छोरी जुवाई,नाति नातिनीहरु ,परिवारजन र आफन्तहरूको सहयोगमा १ लाख ५१ हजार रुपैंया अक्षयकोषको स्थापना गरिएको हो ।

सो स्थापना गरिएको अक्षयकोषमा शिक्षाविद् र पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहको धर्मपत्नी चन्द्रकला देवी साहले १ लाख ५१ हजार रुपैंया सप्तरीको श्री पब्लिक आधारभूत विद्यालय, कञ्चनरुप नगरपालिका–८, कञ्चनपुरका प्रधानाध्यापक विजेन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो ।

स्वर्गीय तारणी स्मृति अक्षयकोष स्थापना कार्यक्रममा नगर प्रमुख ललन प्रसाद गुप्ताले,– स्वर्गीय तारणी प्रसाद साहले शिक्षामा दिएको योगदानलाई कदर गर्दै शिक्षाको विकासका लागि अक्षयकोष स्थापना महत्त्वपूर्ण भएको उल्लेख गर्दै, स्व. साहुको योगदानले भावी पुस्ताहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेको हो ।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले शिक्षाविद् र पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहको शैक्षिक योगदान बारे चर्चा गर्दै ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले शिक्षाविद् र पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहको शैक्षिक योगदान बारे चर्चा गर्दै ।

नगर प्रमुख गुप्ताले भने परिवारका सदस्यहरूले अक्षयकोषमार्फत विद्यालय र विद्यार्थीहरूको शैक्षिक सुधारमा योगदान दिने आशय व्यक्त गरको । स्मृति अक्षयकोषको स्थापनाबाट विद्यालयले शिक्षामा थप सुधार गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राख्नुपर्नेमा जोडदिएको हो ।

सो कार्यक्रममा वर्तमान तथा पूर्व शिक्षाविद्, नागरिक समाजका अगुवा, स्थानीय सञ्चारकर्मी तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्व. साहुको शिक्षामा समर्पित योगदानलाई सम्मानपूर्वक सम्झना गर्दै यस अक्षयकोषको स्थापना गरिएको बताएको हो ।

अनुरोध मिडिया प्रा.लि. कञ्चनरुप नगरपालिका वडा नं. ८ कञ्चनपुरका अध्यक्ष एवम् अपूर्व न्यूजका सम्पादक राजकुमार पासवानले शिक्षाविद् र पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहुको सम्झनामा तारणी स्मृति अक्षयकोष सहि सदुपयोग होस, उदेश्य अनुसारको कार्यवयन गर्न विद्यालयका प्राध्यापकसँग आग्रह गर्दै अक्षयकोष राम्रो सँग संचालन गरोस भन्ने थप सानो रकम प्रदान गरिएको हो । सम्पादक पासवानले, भनेयस अक्षयकोषबाट विद्यालयका विद्यार्थीहरु राम्रोसँग पढ्छ र विद्यार्थीको होस्ला पनि प्रदान हुने बताएको हो ।

स्वर्गीय तारणी प्रसाद साहको धर्मपत्नी,छोरा,छोरी जुवाई,नाति नातिनीहरु,परिवारजन र आफन्तहरूको उपस्थिती ।
स्वर्गीय तारणी प्रसाद साहको धर्मपत्नी,छोरा,छोरी जुवाई,नाति नातिनीहरु,परिवारजन र आफन्तहरूको उपस्थिती । 

सो स्वर्गीय तारणी स्मृति अक्षयकोष स्थापना कार्यक्रममा पुर्व प्रधानाध्यापक तिर्थराज उपाध्याय, कञ्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख बसन्त मिश्र,कञ्चनरुप न.पा.८का पुर्व वडाअध्यक्ष राजकुमार साह, साविक गाविस कञ्चनपुरका तत्कालिन अध्यक्ष रामनारायण मुखिया, श्री पब्लिक आधारभूत विद्यालय कञ्चनपुरका पुर्व अध्यक्ष नारायण बहादुर मिश्र,जग्गादाता शम्भु कार्की,पुर्व शिक्षक बुद्धिसागर चौधरी र स्वर्गीय तारणी प्रसाद साहका जुवाई जागेश्वर साहले गरिब तथा जेहेन्दार विधार्थीहरु होसला प्रदान गर्न अक्षयकोष स्थापना भएको सराहनिय कार्य भएको बताएको हो ।

स्व. तारणी स्मृति अक्षयकोषमा थप अार्थिक सहयाेग
शिक्षाविद् र पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहको स्मृतिमा स्थापना गरिएको “स्व. तारणी स्मृति अक्षयकोष”मा परिवारको तर्फबाट प्रदान गरिएका १ लाख ५१ हजार रुपैंयामा थप उर्जा प्रदान गर्नका लागि सोही कार्यक्रममा विभिन्न दाताहरूले आर्थिक सहयोग प्रदान गरेका छन् ।
स्व. तारणी स्मृति अक्षयकोषमा जम्मा गर्नेहरूमा स्वर्गीय तारणी प्रसाद साहका भतिजा रञ्जित कुमार साहले रु. २५ हजार,अर्का भतिजा एवम् स्वास्थ्यकर्मी मनोज साहले रु. १५ हजार र अनुरोध मिडिया प्रा.लि. कञ्चनरुप नगरपालिका वडा नं. ८ कञ्चनपुरका अध्यक्ष एवम् अपूर्व न्यूजका सम्पादक राजकुमार पासवानले रु. ११ हजार १ एक ११ रुपैंया सहयोग प्रदान गरेका छन् । सो स्वर्गीय तारणी स्मृति अक्षयकोषमा कुल रु २ लाख २ हजार १ सय ११ रुपैंया जम्ममा भएको हो ।
उक्त कोषमा समाजसेवी, परिवारजन, र स्थानीय सहयोगीहरूको निरन्तर योगदानले कोषलाई थप मजबुत बनाएको हो ।

राष्ट्रिय ध्वज स्तम्भ र बाटिका(हरित बगैंचा) शिलान्यास
स्वर्गीय तारणी स्मृति अक्षयकोष स्थापना कार्यक्रम बीच कञ्चनरुप नगरपालिका–८, कञ्चनपुर निवासी शिक्षाविद् र पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहको सम्झनामा श्री पब्लिक आधारभूत विद्यालय कञ्चनपुरमा राष्ट्रिय ध्वज स्तम्भ र बाटिका(हरित बगैंचा) शिलान्यास गरिएको हो ।
सो राष्ट्रिय ध्वज स्तम्भ र बाटिका(हरित बगैंचा) शिलान्यास कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता र शिक्षाविद् र पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहुको धर्मपत्नी चन्द्रकला देवी साह संयुक्त रुपमा शिलान्यास गरिएको हो ।

राष्ट्रिय ध्वज स्तम्भ बाटिका शिलान्यास कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता र स्वर्गीय तारणी प्रसाद साहकी धर्मपत्नी चन्द्रकला देवी साह संयुक्त रुपमा शिलान्यास गर्दै ।
राष्ट्रिय ध्वज स्तम्भ र बाटिका(हरित बगैंचा) शिलान्यास कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता र स्वर्गीय तारणी प्रसाद साहकी धर्मपत्नी चन्द्रकला देवी साह संयुक्त रुपमा शिलान्यास गर्दै ।

पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहको शैक्षिक योगदान
पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साह नन्द उमा पब्लिक माध्यमिक विद्यालय, ओद्राहा, सप्तरीमा २०१६ साल कार्तिक १९ गतेदेखि प्रधानाध्यापकको पदमा स्थायी बहाल भई सेवा गर्न थाल्नुभएको थियो । उहाँको अनिवार्य अवकाश २०५७ साल पौष १६ गतेसम्म विद्यालयमा सेवा अवधि सफलतापूर्वक पूरा भएको हो ।
पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साह राजनीतिक कारणले २०३८ साल कार्तिक २३ गतेदेखि सेवाबाट खारेजीमा परे पनि, उहाँलाई पुन ः २०४८ साल माघ १९ गतेमा सप्तरी जिल्ला शिक्षा कार्यालय सप्तरीको निर्णयअनुसार सातौं ग्रेडमा पुनर्बहाली गरिएको थियो । उहाँले पुनर्बहाली पश्चात् १० वर्ष २६ दिन सेवा प्रदान गर्नुभएको छ । वहाँको शिक्षण सेवा अवधि ४१ वर्ष १ महिना २८ दिनको रहेको छ ।
उक्त स्व. तारणी स्मृति अक्षयकोषमा श्री पब्लिक आधारभूत विद्यालय, कञ्चनरुप नगरपालिका–८, कञ्चनपुरका प्र.अ.विजेन्द्र शर्माको अध्यक्षता र कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133