अपूर्व न्यूज सामाचारदाता ।
कञ्चनपुर(सप्तरी), २२ असोज । आज दसैँको नवरात्र पनि भनिने यस पर्वको आज दोस्रो दिन पनि यता छैटौँ दिन ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ ।
मङ्गलबार बिहान ७ बजेर १० मिनेटपछि सुरु भएर आज बिहान ७ बजेर ३३ मिनटसम्म षष्ठीको भोग मिथिलामा प्रचलित विद्यापति र मिथिला पञ्चाङ्गले देखाएका छन् । सामान्यतया नवरात्रको छैटौँ दिन मध्याह्नपछि मनाइने यो उत्सवमय विधि षष्ठी तिथि पनि हिजै दिउँसोभरि कायम थियो । यस आधारमा हिजो ‘बेलनौत’ गरिनु ठिकै भएको पाका मैथिल बताएको हो ।
परम्परागत रुपमा शारदीय नवरात्रको छैटौँ दिन षष्ठी (खस्टी) तिथिका दिन गरिने यो उत्सवमय विधि यसपालि तिथिको घटबढले ठाउँठाउँमा अघिपछि परेको हो ।
एउटा अर्को मत षष्ठी तिथि सकिएर सप्तमी लाग्ने दिन ‘बेलनौत’ गरिनुपर्नेछ । यसअनुसार आज बिहान ७ बजेर ३३ मिनटसम्म षष्ठी रहेर सप्तमी लाग्ने हुँदा यो विधि आज गरिन लागेको मिथिला क्षेत्रका अधिकांश ठाउँको तयारी देखिन्छ । “पूmलपातीको अघिल्लो षष्ठीको अन्तिम भोग रहेको दिन अर्थात तिथिको घटबढले गर्दा ठाउँठाउँमा बेलनौतको परम्परा अघिपछि परेको मैथिल परम्पराका पुरौहित कञ्चनरुप नगरपालिका वडा नं. ४ का बम झा बताउनुहुन्छ । यता सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित कञ्चनपुर बजारमा आज बेलनौत कार्यक्रम सम्पन्न गरिएको पुरौहित झाले बताए ।
दशहरा पर्वका अवसरमा मिथिला क्षेत्रका बस्ती–बस्तीमा जसो देवी प्रतिमा बनाइएका छन् । ‘बेलनौत’ विधि सम्पन्न गरिने तयारीमा मिथिलाका बासिन्दा जुटेसँगै पर्वको चहलपहल निकै बढेको छ ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...