img

बालबालिकाको क्षेत्रमा लगानी गर्दै आएता पनि पर्याप्त नभएको बताए ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री साह


अपूर्व न्यूज समाचारदाता ।
काठमाडौँ, २९ भाद्र । राष्ट्रिय बाल दिवसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालगायत विषयमा लगानी गर्दै आएता पर्याप्त नभएको बताउनु भएको हो ।
शनिबार राष्ट्रिय बाल दिवस–२०८१ का अवसरमा महिला मन्त्रालयद्वारा काठमाण्डौं आयोजित कार्यक्रममा उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी तथा बाल संरक्षणका विविध सवाललाई सम्बोधन गर्न यस आर्थिक वर्षको नीति र बजेट व्यवस्थाले समेत त्यसको अनुभूति भएको धारणा राख्नुभयो ।

मन्त्री साहले सरकारले विषयगत मन्त्रालयले बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्य गर्नका लागि लगानी वृद्धिको आवश्यकता बताएको हो ।

“हरेक विकास र परिवर्तनसँगै नयाँ समस्या पनि सिर्जना हुन पुग्छन् । आजका दिनमा बालबालिकाको संरक्षणका सवालमा हामी नयाँ प्रकारका समस्या र चुनौतीको सामना गरिरहेका छौँ । बालबालिकाविरुद्ध हिंसा, बाल यौन दुर्व्यवहार, बालश्रम, बाल विवाह र लैङ्गिक विभेद तथा अन्य असमानता जस्ता समस्याले उनीहरूको उज्ज्वल भविष्यमा नकारात्मक असर पार्ने अवस्था छ । यसलाई उन्मूलन गर्नु हामी सबैको साझा दायित्व र जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित आज देशैभरि राष्ट्रिय बाल दिवस मनाइएको छ ।

सप्तरीकाे सामाजिक संस्हथारूले बिभिन्न कार्यक्रम गरी राष्ट्रिय बालदिवस मनाए 

६० औ राष्ट्रिय बालदिवसको अवसरमा सप्तरीको खडक, सुरुङगा र कञ्चनरूप नगरपालिकामा बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
सेभ द चिल्ड्रेन र सबल नेपालको सहकार्य र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोग तथा नगर बाल क्लब संजालको आयोजनामा जिल्लाको सुरुङगा नगरपालिका ४ मधुपटिमा शनिवार आयोजित बृहत बाल कला प्रदर्शनी मेलामा बिभिन्न ११ वटा स्टलहरु राखिएको थियो ।

नगरप्रमुख गीता चौधरीको प्रमुख आतिथियमा आयोजित सो प्रदर्शनी मेलामा वक्तृत्काला,मेलामा बिद्यार्थी तथा बिभिन्न बिद्यालयका छात्र/छात्रा र बालक्लबका बालबालिकाहरुले शैक्षिक प्रदर्शनीका लागि शैक्षिक गतिबिधिहरु बिभिन्न स्टलमा राखि मेलाको सोभा बढाइएको थियो ।

“बालबालिकामा लगानी ः सुनिश्चित भबिष्यको थालनी” भन्ने मुल नाराका साथ आयोजित वतृत्वकलामा प्रथम,दोश्रो,तेश्रो हुनेलाई ट्रफि,कापी र सान्तोना हुनेलाई स्टेशनरी सामग्री प्रदान गरिएको सबल नेपालका फिल्ड अधिकृत खडक नारायण चौधरीले जानकारी दिए ।
सो क्रममा त्यहाँ राखिएका ११ वटै स्टलहरुको कार्यक्रममा सहभागि प्रमुख लगायतकाले निरिक्षण तथा अनुगमन गरिएका थिए ।
नगर बालक्लब संजालका अध्यक्ष देव कुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख,बिभिन्न शाखाका प्रमुख,बिभिन्न बिद्यालयका प्रअ,शिक्षक तथा अभिभावक र बालबक्लबका भाइबहिनीहरुको सहभागिता रहेको थियो ।
यस्तै खडक नगरपालिकामा समेत बाल दिवसका अवसरमा बृहत बाल कला प्रदर्शनी मेला आयोजना गरेका छन । यहाँ पनि ११ वटा स्टलहरु राखिएका थिए ।

सेभ द चिल्ड्रेन र सबल नेपालको सहकार्य सप्तरीका सुरुङगा नगरपालिका ४ मधुपटिमा बृहत मेला तथा बाल कला प्रदर्शनी दृश्य ।

नगरप्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथिय र नगर बालक्लब संजालका अध्यक्ष मंजुला साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेभ द चिल्ड्रेनका असबिर सारु,सबल नेपालका बरिष्ठ कार्यक्रम संयोजक परमेश्वर झा, सिनियर म्यानेजर अशोक कुमार साह लगायत नगर उपप्रमुख,बिभिन्न शाखाका प्रमुख,बिभिन्न बिद्यालयका प्रअ,शिक्षक तथा अभिभावक र बालबक्लबका भाइबहिनीहरुको उपस्थित रहेको थियो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।